logo

साना बैंकले ब्याज बढाएर ठूलाको निक्षेप खोस्दिन थालेपछि ब्याज दरमा प्रतिस्पर्धा फेरि सुरु

    1458   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार - साना बैंकहरुले निक्षेप खोस्न थालेपछि ठुला ३ बैंक पनि प्रतिस्पर्धामा उत्रिएका छन् । हिमालयन र नबिल बैंकले निक्षेपको ब्याज एकै पटक ३ प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पुर्याइसकेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले आज निर्णय गरेर भोलीबाट बढाउन तयारी गरेको स्रोतले बतायो । प्रकाशित ब्याज १३ प्रतिशत पुग्नुको अर्थ बैंकहरुले साढे १३ प्रतिशतसम्म ब्याज दिन पाउनु हो । बैंकर्स संघले तीन साताअघि पुरानो सहमति खारेज गर्दै ब्यक्तिगत निक्षेपको ब्याज तोक्न बैंकहरुलाई खुला गरिदिएपछि साना बैंकहरुले प्रतिस्पर्धा सुरु गरेका थिए । 

बैंकले १२ प्रतिशत ब्याज दिने सुचना निकालेपछि माछापुच्छ्रे र कुमारी बैंकले ब्याज बढाएका थिए । त्यसपछि संघको साधारणसभामा अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर डा. चिरञ्जिबी नेपालले ब्याज बढाउनु गलत भएको बताएका थिए । भोलीपल्टै सेञ्चुरी, सिभिल र मेगा बैंकले ऋणको ब्याज बढाएका थिए । नबिल र हिमालयनसहित १३ वटा बैंकले मंगलबारसम्म निक्षेपको ब्याज बढाएका छन् । साना बैंकले ब्याज बढाएर ठूलाको निक्षेप खोस्दिन थालेपछि ब्याज दरमा प्रतिस्पर्धा फेरि सुरु भएको हो ।

नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको निक्षेप तुलना ठूला बैंकले पनि निक्षेपको ब्याज बढाउन थालेपछि राष्ट्र बैंकले पनि चासो राखेको छ । राष्ट्र बैंकका अधिकारीहरुले सरकारी कार्यदलको प्रतिवेदन कार्यान्वयनसम्म कुर्न बैंकका प्रमुखहरुलाई सुझाब दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।