logo

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई  एकीकृत निर्देशिका २०७५ जारी

    1555   पटक पढिएको

१९ पुस/ अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा परिणत हुन चाहने विकास बैंक र फाइनान्स कम्पनीहरुलाई कार्यक्षेत्र विस्तार गर्न व्यवसायिक योजना सहित निवेदन दिनुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका २०७५ को विभिन्न निर्देशनमा परिमार्जित गर्दे नयाँ व्यवस्था अनुसार गर्न निर्देशन दिएको हो ।
केन्द्रीय बैंकले जारी गरेको सर्कुलरमा प्रदेशिक स्तरका ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्रिय स्तरमा परिणत हुन चाहने संस्थालाई केन्द्रीय बैंकले गरेको नयाँ व्यवस्था अनुरुप आवश्यक प्रकृया पुर्याएर स्वीकृतिका लागि व्यावसायिक योजना सहित निवेदन दिनुपर्ने जनाएको छ ।

राष्ट्रियस्तरमा परिणत हुन चाहने विकास बैंकले २ अर्ब ५० करोड र फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको हुनुपर्नेछ । यस्तै नियमित रुपले वार्षिक लेखापरिक्षण गरी सााधारण सभा सम्पन्न गरेको, राष्ट्र बैंकको निर्देशन अनुरुप पूँजी कोष पर्याप्त रहेको, कर्जाको वर्गीकरण गरी सोको लागि पर्यापत कर्जा नोक्सानी व्यवस्था कायम गरेको र निष्क्रिय कर्जा ५ प्रतिशत ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।

यसैगरि प्रादेशिक स्तरमा कारोबार सञ्चालन गरेको ५ वर्ष पूरा भएको, न्यु क्यापिटल एडीक्युसि फ्रेमवर्क २००८ पूर्णरुपमा लागू गर्नसक्ने, राष्ट्र बैंकबाट संस्था वा संस्थाका अध्यक्ष, सञ्चालक र कार्यकारी प्रमुख कारवाहीमा परेको भए सो कारवाही फुकुवा भएको अवधि ३ वर्ष पुगेका, इजाजत दिँदा तोकिएको सबै शर्तहरु पूरा भएको हुनुपर्ने राष्ट्र बैंकले जारी गरिएको सर्कुलरमा उल्लेख छ ।

जसमा विद्यमान संस्थापक र सञ्चालकहहरुको विवरण, वित्तीय संस्थाको आगामी ५ वर्षको प्रक्षेपित वित्तीय अवस्था, व्यावसायिक रणनीति, प्राविधिक तथा व्यवस्थापन पक्ष र बजार संवेदनशीलता विश्लेषण सहितको व्यावसायिक योजना पेश गर्नुपर्नेछ ।
यसरी राष्ट्रिय स्तरमा स्तरोन्नती हुने संस्थाले कर्पोरेट कार्यालय र मुख्य शाखा कार्यालय सार्न चाहेमा सो कार्यालयको भौतिक पूर्वाधार, सुचना प्रविधि, बीमा तथा सुरक्षा व्यवस्था, घरभाडा करारनामा, प्रमुख कार्यकारी अधिकृत लगायत मुख्य कर्मचारीहरुको योग्यता अनुभव सम्बन्धी कागजात समेत पेश गर्नुपर्नेछ ।

यस्तै राष्ट्रियस्तरमा परिणत भएपश्चात कामय हुने कार्यक्षेत्रलाई समेटेर तयार गरिएको कर्जा, लगानी, निक्षेप परिचालन, वासलात बाहिरका कारोबार सञ्चालन, आन्तरिक लेखापरिक्षण, गैर बैकिङ्ग सम्पत्ति व्यवस्थापन, सम्पत्ति दायित्व व्यवस्थापन, सूचना प्रविधि र आफ्नो ग्राहक पहिचान नीति समेत पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्रियस्तरमा परिणत हुने सम्बन्धमा साधारण सभाले गरेको निर्णयको प्रतिलिपी सहित सम्बन्धित विकास बैंक तथा फाइनान्स कम्पनीले निवेदन दिन सक्नेछन् । यसरी प्राप्त भएको निवेदन उपर केन्द्रीय बैंकले सञ्चालक समितिका सदस्यहरुसँग अन्तरक्रिया गरि दुई महिनाभित्र प्रकृया टुंगो लगाइने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।