logo

प्राथमिक पुँजीको ५० प्रतिशतसम्म भारतीय बैंकबाट ऋण ल्याएर तोकिएको क्षेत्रमा ऋण दिने बाटो खुल्यो

    906   पटक पढिएको

२४ पुस /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकलाई भारतीय मुद्रामा ऋण ल्याएर यहा लगानी गर्ने बाटो खोलिदियो । वाणिज्य बैंकले प्राथमिक पुँजीको ५० प्रतिशतसम्म भारतीय बैंकबाट ऋण ल्याएर यहाँ तोकिएको क्षेत्रमा ऋण दिन पाउँछन् ।
मौद्रिक नीतिमा भारतीय बैंकबाट भारतीय मुद्रामा ऋण ल्याउने बाटो खोलेपछि केहीले नेपालमा भारतीय मुद्रा नै चलाउन खोजेको रुपमा समेत बुझे । अझ सर्बोच्च अदालतमा समेत यो विरुद्दमा मुद्दा समेत दायर भयो । सर्बोच्चले सुरुमा अन्तरिम आदेश दिएर भारतीय मुद्रामा ऋण ल्याउन रोक लगायो । पछि सर्बोच्चले अन्तरिम आदेश खारेज गरेपछि कानूनी रुपमा नै वाणिज्य बैंकलाई भारतीय मुद्रामा ऋण ल्याउने बाटो खुल्ला भयो ।

राष्ट्र बैंकले परिपत्र्य विदेशी मुद्रामा वाणिज्य बैंकलाई ऋण ल्याउने बाटो खुल्ला गरेको थियो । भारतीय मुद्रासँग स्थिर विनिमयदर अपनाएको र दुईतिहाईभन्दा बढी व्यापार भारतसँग भएको हुँदा भारतीय मुद्रामा समेत ऋण ल्याएर यहाँ लगानी गर्न सकिने कानूनी बाटो राष्ट्र बैंकले खोलेको थियो । नेपालमा लगानीको लागि आन्तरिक पुँजीले मात्र नपुग्ने भएको हुँदा वाणिज्य बैंकलाई नै विदेशी बैंकबाट परिपत्र्य विदेशी मुद्रा वा भारतीय मुद्रामा ऋण ल्याएर यहाँ उत्पादन मुलक क्षेत्रमा ऋण दिने व्यवस्था गरिएको थियो । अहिलेसम्म परिपत्र्य विदेशी मुद्रामा एनएमबि बैंकले मात्र ऋण ल्याएको छ । केही बैंकले प्रक्रिया सुरु गरेपनि धेरै बैंकले भने विदेशी बैंकबाट ऋण लिने सम्भावना छैन ।

राष्ट्र बैंकले भारतीय मुद्रामा समेत ऋण ल्याएर यहाँ लगानी गर्न सक्ने बाटो खोलेपछि धेरैको बुझाई भारतीय बैंकबाट ऋण आउछ भन्ने थियो । नेपालमा भारतीय लगानीमा खुलेका दुईवटा वाणिज्य बैंक पनि छन् । नेपाल एसबिआई बैंक र एभरेष्ट बैंकमा भारतीय बैंकको लगानी छ ।तर, भारतीय मुद्रामा नेपालमा ऋण ल्याउनको लागि सम्भव नभएको भारतीय सयुक्त लगानीमा स्थापना भएका बैंकका अधिकारीहरु बताउँछन् ।

‘पहिलो भारतीय केन्द्रीय बैंकले नै यसरी विदेशमा ऋण लगानीको लागि अनुमति दिदैन, दिएपनि ब्याजदर यहाभन्दा महंगो हुने हुँदा ऋण ल्याएर फाइदा छैन,’ भारतीय लगानी रहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । यसले भारतीय लगानीमा खुलेका बैंकले नै नेपालमा भारतीय मुद्रामा ऋण ल्याउन नसक्ने देखिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।