logo

प्राथमिक पुँजीको ५० प्रतिशतसम्म भारतीय बैंकबाट ऋण ल्याएर तोकिएको क्षेत्रमा ऋण दिने बाटो खुल्यो

    1246   पटक पढिएको

२४ पुस /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत वाणिज्य बैंकलाई भारतीय मुद्रामा ऋण ल्याएर यहा लगानी गर्ने बाटो खोलिदियो । वाणिज्य बैंकले प्राथमिक पुँजीको ५० प्रतिशतसम्म भारतीय बैंकबाट ऋण ल्याएर यहाँ तोकिएको क्षेत्रमा ऋण दिन पाउँछन् ।
मौद्रिक नीतिमा भारतीय बैंकबाट भारतीय मुद्रामा ऋण ल्याउने बाटो खोलेपछि केहीले नेपालमा भारतीय मुद्रा नै चलाउन खोजेको रुपमा समेत बुझे । अझ सर्बोच्च अदालतमा समेत यो विरुद्दमा मुद्दा समेत दायर भयो । सर्बोच्चले सुरुमा अन्तरिम आदेश दिएर भारतीय मुद्रामा ऋण ल्याउन रोक लगायो । पछि सर्बोच्चले अन्तरिम आदेश खारेज गरेपछि कानूनी रुपमा नै वाणिज्य बैंकलाई भारतीय मुद्रामा ऋण ल्याउने बाटो खुल्ला भयो ।

राष्ट्र बैंकले परिपत्र्य विदेशी मुद्रामा वाणिज्य बैंकलाई ऋण ल्याउने बाटो खुल्ला गरेको थियो । भारतीय मुद्रासँग स्थिर विनिमयदर अपनाएको र दुईतिहाईभन्दा बढी व्यापार भारतसँग भएको हुँदा भारतीय मुद्रामा समेत ऋण ल्याएर यहाँ लगानी गर्न सकिने कानूनी बाटो राष्ट्र बैंकले खोलेको थियो । नेपालमा लगानीको लागि आन्तरिक पुँजीले मात्र नपुग्ने भएको हुँदा वाणिज्य बैंकलाई नै विदेशी बैंकबाट परिपत्र्य विदेशी मुद्रा वा भारतीय मुद्रामा ऋण ल्याएर यहाँ उत्पादन मुलक क्षेत्रमा ऋण दिने व्यवस्था गरिएको थियो । अहिलेसम्म परिपत्र्य विदेशी मुद्रामा एनएमबि बैंकले मात्र ऋण ल्याएको छ । केही बैंकले प्रक्रिया सुरु गरेपनि धेरै बैंकले भने विदेशी बैंकबाट ऋण लिने सम्भावना छैन ।

राष्ट्र बैंकले भारतीय मुद्रामा समेत ऋण ल्याएर यहाँ लगानी गर्न सक्ने बाटो खोलेपछि धेरैको बुझाई भारतीय बैंकबाट ऋण आउछ भन्ने थियो । नेपालमा भारतीय लगानीमा खुलेका दुईवटा वाणिज्य बैंक पनि छन् । नेपाल एसबिआई बैंक र एभरेष्ट बैंकमा भारतीय बैंकको लगानी छ ।तर, भारतीय मुद्रामा नेपालमा ऋण ल्याउनको लागि सम्भव नभएको भारतीय सयुक्त लगानीमा स्थापना भएका बैंकका अधिकारीहरु बताउँछन् ।

‘पहिलो भारतीय केन्द्रीय बैंकले नै यसरी विदेशमा ऋण लगानीको लागि अनुमति दिदैन, दिएपनि ब्याजदर यहाभन्दा महंगो हुने हुँदा ऋण ल्याएर फाइदा छैन,’ भारतीय लगानी रहेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । यसले भारतीय लगानीमा खुलेका बैंकले नै नेपालमा भारतीय मुद्रामा ऋण ल्याउन नसक्ने देखिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।