logo

खर्च बढ्दा कामना सेवाको नाफा प्रभावित, वितरण योग्य मुनाफा साढे ६ करोड

    1431   पटक पढिएको

१३ माघ / अर्थ र व्यापार - कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ८५ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.४९ प्रतिशत बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएपनि इम्पेरमेन्ट चार्ज, कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेका कारण खुद नाफा प्रभावित भएको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ५७ करोड ४१ लाख खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.१४ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको कर्मचारी खर्च ८०.९४ प्रतिशत बढेको छ भने अन्य सञ्चालन खर्च ११९.६४ प्रतिशत बढेको छ।

त्यसैगरी, गत आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा ४ करोड ९९ लाख रुपैयाँ रहेको यस बैंकको इम्पेरमेन्ट चार्ज चालु आवको सोही अवधिमा बढेर ९ करोड ३५ लाख पुगेको छ। यसले गर्दा बैंकको सञ्चालन मुनाफा प्रभावित भई खुद नाफा वृद्धिदर खुम्चिन पुगेको हो।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७.२४ प्रतिशत बढेर २१ करोड ११ लाख पुगेको छ।
२ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५९ करोड ६ लाख रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा ९ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ६ करोड ५५ लाख रुपैयाँ रहेको छ।

सो अवधिसम्ममा बैंकले २७ अर्ब ४३ करोड ७२ लाख निक्षेप सङ्कलन गरी २३ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको निष्क्रिय कर्जा भने गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा ०.३ प्रतिशतविन्दु घटेर १.३७ प्रतिशतमा सीमित भएको छ।

पुस मसान्तसम्मममा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६९ पैसा र प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ कायम भएको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १२.३१ गुणा कायम भएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।