logo

बैंकहरु बिच ब्याज दरमा अस्वस्थ प्रतिस्पर्धा, औषत आधार ब्याज दरमा सामान्य बृद्धि

    1229   पटक पढिएको

१ पुस/ अर्थ र व्यापार  - ब्याज दरमा अस्वस्थ प्रतिस्पर्धा गरेपछि बैंकहरुको स्रोत लागत बढेर आधार ब्याज दर बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, औषत आधार ब्याज दरमा सामान्य बृद्धि देखिएको छ । बैंकहरुले प्रत्येक महिनाको १ गते नयाँ आधार दर सार्बजनिक गर्छन् ।

बैंकहरुले ब्यक्तिगत मुद्दति निक्षेपमा घोषित रुपमै प्रतिस्पर्धा गरेका थिए । मंसिर सुरुबाटै भएको प्रतिस्पर्धाका कारण ११ प्रतिशतको ब्याज दर साढे १३ प्रतिशत पुगेको छ । सञ्चालनमा रहेका २८ वटा बाणिज्य बैंकहरुमध्ये ११ वटाले ब्यक्तिगत मुद्दति निक्षेपको ब्याज दर बढाएका छन् । केही बैंकले बचतको ब्याज दरमा पनि बृद्धि गरका छन् ।बाणिज्य बैंकहरुको आधार ब्याज दर साढे १० प्रतिशतभन्दा केही माथि पुगेको छ । बैंकहरुले आधार दरमा २ देखि साढे ६ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिने गरेका छन् । राष्ट्र बैंकले एक पटक ऋणको ब्याज बढाएपछि कम्तिमा तीन महिना बढाउन नपाउने ब्यवस्था गरेका कारण आधार दर बढे पनि सबै ऋणको ब्याज बढ्दैन । साथै आधार दर बढेजति मात्रै ऋणको ब्याज बृद्धि गर्न पाइन्छ ।

बैंकहरुले निक्षेपको ब्याज बढाउँदा आधार दर बृद्धि भएर सरकारी प्राथमिकताका ऋणको ब्याज पनि बृद्धि हुने भन्दै छाडा भएर ब्याज बृद्धि नगर्न भनिरहेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले ‘छाडा ढंगबाट’ ऋणको ब्याज नबढाउन सार्बजनिक रुपमै भनेका छन् । बैंकहरुले मनपरी ब्याज बढाउन थालेपछि त्यसको समस्या पत्ता लगाइ समाधान गर्न अर्थमन्त्री खतिवडाले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा कार्यदल नै बनाएका छन् । गत बिहीबार नै सुझाब दिनु पर्ने कार्यदलले अझै काम सकेको छैन । 

सरकारले ब्याज अनुदानमा दिने प्राथमिकता प्राप्त ऋणहरु महँगिने भन्दै त्यसो नगर्न बैंकरलाई सम्झाइ रहेको छ । अर्थमन्त्रीले गठन गरेको कार्यदलमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सदस्य छन् ।सरकारले बैंकहरुको तरलता अभाव कम गर्नका लागि स्थानीय निकायको बजेट निक्षेपका रुपमा परिचालन गर्न दिने ब्यवस्थासमेत गरिसकेको छ । तैपनि बैंकहरुबीच ब्याज बढाबढको प्रतिस्पर्धा चलिरहेको छ । यही प्रतिस्पर्धाका कारण आधार दर बढेको हो । केही बैंकले राष्ट्र बैंकको प्रवधान र बैंकर संघको सहमति विपरित पनि भित्रभित्रै संस्थागत निक्षेपकर्तालाई १३ प्रतिशतमसम्म ब्याज दिइरहेका छन् । 

बैंकहरुले बचत खाताको ब्याजमा पनि बदमाशी गर्न थालेका छन् । बचतको उच्चतम र न्यूनतम ब्याजको अन्तर २ प्रतिशत बिन्दु हुनु पर्ने ब्यवस्था छ । तर कल डिपोजिटमा बढि ब्याज दिएर निक्षेप तान्न केही बैंकले न्यूनतम ब्याज नै तोकेका छैनन् । बचतको न्यूनतम ब्याजभन्दा बढि कल डिपोजिटमा ब्याज दिन पाइँदैन। त्यही भएर बैंकहरुले न्यूनतम ब्याज नतोकि अधिकतम ब्याज सात प्रतिशत मात्र तोकिरहेका छन् । यसले गर्दा पनि बैंकहरुको पूँजी लागत बढेर आधारदर महँगिएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।