logo

एक वर्षमै बढ्यो बैंक तथा वित्तीय क्षेत्रका तीन खर्ब ३७ अर्ब

    1355   पटक पढिएको

 २६ जेठ / अर्थ र व्यापार-हाल बैंक तथा वित्तीय क्षैत्रको लगानी बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको वैशाखसम्म विभिन्न क्षेत्रमा १९ अर्ब ५८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको छ ।

उक्त लगानी गएको वर्षको वैशाखसम्म १५ खर्ब ८० अर्ब ६८ करोडमात्र रुपैयाँ मात्र थियो । एक वर्षको अवधिमा तीन खर्ब ३७ अर्ब ८८ करोडले लगानी बढेको छ । बैंक तथा वित्तीय क्षेत्रको गएको वर्षको असारमसान्तसम्ममा लगानी १६ खर्ब ८१ अर्ब ८५ करोड रहेको थियो । 

कृषि क्षेत्रको एक वर्षको अवधिमा लागनी एक अर्ब ३२ करोड रुपैयाँले बढेर ८७ अर्ब २७ करोड पुगेको छ । गएको वर्षको वेशाखसम्म  कृषि क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको लगानी ७४ अर्ब दुई करोड पुगेको थियो । कृषि क्षेत्रअन्तर्गत पुशपालनमा सबैभन्दा बढी लगानी भएको क्षेत्र हो भने सबैभन्दा कम लगानी चिया खेती तथा चिया प्रशोधन केन्द्रमा भएको छ । चालु आवको वैशाखसम्म पशुपालनमा ३१ अर्ब ८५करोड लगानी भएको छ । व्यवसायिक कृषि सेवामा ११ अर्ब ६९ करोड लगानी भएको छ भने चियामा ३ अर्ब ४८ करोड लगानी भएको छ ।

यस वर्षको दश महिनासम्म उत्पादनमूलक क्षेत्रमा विभिन्न २३ उपक्षेत्रमा तीन खर्ब ३२ अर्ब ८३ करोड लगानी भएको छ । हाल भएको लगानी गएको वर्षको सोही अवधिको भन्दा ४५ अर्ब ४५ करोडले बढी हो । गएको वर्षको वैशाखसम्म यस क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कुल लगानी दुई खर्ब ८७ अर्ब ३८ करोड रहेको थियो । उक्तक्षेत्र भित्रको  खाद्य प्रशोधन तथा प्याकेजिङ क्षेत्रमा सबैभन्दा बढी ६७ अर्ब ४३ करोड लगानी भएकोे छ । बढी लागनीको दोस्रो स्थान सिमेन्ट उत्पादनले लिएको छ । उत्पादनमूलक क्षेत्रको हातेकागज तथा अन्य काजगका क्षेत्रमा पाँच अर्ब ८६ करोड लगानी भएको छ ।

चालू आवको १० महिनासम्म पूर्वाधार निर्माण क्षेत्रमा दुई खर्ब १६ अर्ब ५० करोड लागनी भएको छ । गएको वर्षको यसै अवधिमा यस क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कुल लगानी एक खर्ब ७१ अर्ब ६८ करोडमात्र थियो । सो लगानी गएको वर्षको अन्त्यसम्म भन बढेर एक खर्ब ८२ अर्ब ८७ करोड पुगेको थियो । पूर्वाधार क्षेत्रका तीन उपक्षेत्र आवास, गैर आवास तथा ठूला पूवार्धार (पुल, सडक) बैंक तथा वित्तीय क्षेत्रले लगानी गर्दै आएको छ । सो उपक्षेत्रमध्ये आवासमात्रै एक खर्ब ७६ अर्ब ३८ करोड लगानी भएको छ भने ठूला पूर्वाधार क्षेत्रमा १९ अर्ब ६० करोड र गैर आवासमा साढे एक अर्ब लगानी भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।