logo

हिमालयन बैंकद्वारा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन

    1239   पटक पढिएको

१७ माघ /अर्थ र व्यापार  - हिमालयन बैंकले गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा २३.६२ प्रतिशत अर्थात २६ करोड ११ लाख रुपैयाँले नाफा कमाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले एक अर्ब १० करोड ५८ लाख खुद नाफा कमाएको थियो ।

नेपाल फाइनान्सियल रिर्पोटङ स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार वित्तीय विवरण अनुसार हिमालयन बैंकले एक अर्ब १६ करोड ११ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको छ । राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टमा व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा २० करोड ५८ लाख रुपैयाँ घटेको छ ।

गत आवको पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तसम्ममा बैंकले एक ५ करोड ३२ लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकको फ्रि प्रोफिट एक अर्ब १० करोड ७८ लाख रुपैयाँ थियो । एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सक्दछ ।

गत आवको नाफाबाट ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद लाभांश बाँडेको बैंकले चुक्ता पूँजीसँगै जगेडा कोष पनि मजबुत बन्दै गएको छ । यस त्रैमाससम्ममा हिमालयन बैंकले ८ अर्ब ११ करोड ४५ लाखबाट ८ अर्ब ५२ करोड २ लाख रुपैयाँ पुगेको छ ।
यसैगरि गत पुस मसान्तमा ४ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषको आकार ६ अर्ब ६ करोड ६० लाखमा बढेृको छ । यस अवधिमा बैंकले एक अर्ब ३६ करोड ९४ लाख रुपैयाँले जगेडा मजबुत बनाएको हो ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी करिब पाँच रुपैयाँले सुधार भएको छ । गत आवको पुस मसान्तसम्ममा २७ रुपैयाँ २६ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा पुगेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २० पैसा छ भने मूल्य आम्दानी अनुपात १७.६४ गुणा बढी छ । पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलनमा भन्दा कर्जा लगानीको वृद्धिद्धर बढी छ । यस अवधिमा बैंकले निक्षेप १४.५४ प्रतिशतले वृद्धि गर्दा कर्जा लगानी रकम २०.४१ प्रतिशतले बढाएको हो ।

चालू आवको दोस्रो त्रैमासम्ममा एक खर्ब ६ अर्ब १० करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९८ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा बैंकले ९२ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरि ८२ अर्ब ८ करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

चालू आवको यस अवधिमा बैंकले खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएको छ । यस अवधिमा बैंकले दुई अर्ब ४९ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा ३३.३७ प्रतिशत अर्थात ६२ करोड ३९ लाख रुपैयाँले धेरै हो । गत अवको प्रथम त्रैमासमा बैंकले एक अर्ब ८६ करोड ९५ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको निष्कृय कर्जा अनुपात यस त्रैमासमा घटेको छ । गत वर्षको यसै अवधिमा बैंकमा निष्कृय कर्जा अनुपात १.३२ प्रतिशत रहेकोमा १.२५ प्रतिशतमा झरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।