logo

हिमालयन बैंक तत्काल मर्जर प्रक्रियामा नजाने

    1545   पटक पढिएको

१ फागुन / अर्थ र व्यापार - हिमालयन बैंक तत्काल मर्जर प्रक्रियामा नजाने भएको छ । बैंक सञ्चालक समितिले गठन गरेको मर्ज कमिटिले हालसम्म उक्त विषयमा कुनै पनि निणर्य नगरेकाले मर्जमा नजाने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले बताएका हुन् ।

सीईओ राणाले बुधबार बैंकको २७औं वार्षिक साधारणसभामा मर्जरसम्बन्धि सेयरधनीहरुमा रहेको जिज्ञासालाई प्रष्ट पार्दै सो कुराको जानकारी दिएका हुन् ।

‘नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले पनि बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जरमा लगिन्न, उनीहरुको स्वेच्छा हो भनेकाले हामीले अहिलेसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थासँग कुरा गरेका छैनौं,’ उनले भने ।

त्यस्तै, सर्वसाधारणको सेयर स्वामित्व बढाउन बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको छ । बैंकलाई नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउन निर्देशन दिएको थियो ।

जसको लागि बैंकसँग संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने र फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने दुई विकल्प थियो । त्यसमध्ये बैंकले एफपीओ जारी नगरी १५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने विकल्पलाई रोजेर अन्तिम निर्णय गरेको जानकारी गराएको छ ।

त्यस्तै, मलेसियाको म्याक्स मनिसँग कारोबार गर्दाको लेनदेन विवादमा हिमालयन बैंकको ४९ करोड रुपैयाँ फसेको थियो । जसमा ३१ करोड रुपैयाँ बैंकले पाइसकेको छ । बाँकी १८ करोडमा १६ करोड रुपैयाँ आउन बाँकी छ । जुन चैत मसान्तको क्लोजिङ् भित्र आइसक्ने सीईओ राणाले जानकारी दिए ।

बैंकको दरबारमार्गको जग्गाको बारेमा स्पष्ट पार्दै सीईओ श्रेष्ठले भने - ‘जग्गाको लागि ७ वटा टेण्डर परेको छ । त्यसको छानबिन गरेर साढे एक महिना भित्र कन्ट्रयाक गरेर भवन बनाउने काम अघि बढाउने छौं ।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।