logo

हिमालयन बैंकद्वारा सुरक्षित ‘मास्टर डेबिट कार्ड’ सेवा सुरु

    1480   पटक पढिएको

२९ पुस/ अर्थ र व्यापार  – हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय कार्ड प्रदायक मास्टर कार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा सुरु गरेकोे छ । बैंकका ग्राहकहरुले मास्टरकार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा (होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु) २० प्रतिशतसम्म छुट पाउने छन् । 

बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि योे कार्ड निशुल्क प्रदान गर्ने जानकारी गराएको छ । यसबाहेक मास्टरकार्डधारी ग्राहकहरुले यो कार्ड नेपालका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् । 
बैंकद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले कार्डको सेवा सुरु भएको घोषणा गरेका छन् । 

यही अवसरमा मास्टरकार्डकातर्फबाट पोरुष सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले यो प्रगति पथमा हिमालयन बैंकसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए ।  हिमालयन बैंकका ग्राहकहरुले देशभरी भएका आफ्ना ५७ वटै शाखाहरुबाट यो कार्ड लिन सक्ने तथा १११ वटा एटीएममार्फत प्रयोग गर्न सक्ने छन् । साथै यो कार्ड नेपाल र भारतका पस मेशिनहरुमा प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी गराइएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।