logo

हिमालयन बैंकद्वारा सुरक्षित ‘मास्टर डेबिट कार्ड’ सेवा सुरु

    1153   पटक पढिएको

२९ पुस/ अर्थ र व्यापार  – हिमालयन बैंक लिमिटेडले अन्तराष्ट्रिय कार्ड प्रदायक मास्टर कार्डको अत्याधुनिक र थप सुरक्षित चिप र पिन प्रविधियुक्त डेबिट कार्डको सेवा सुरु गरेकोे छ । बैंकका ग्राहकहरुले मास्टरकार्डबाट कारोबार गरी सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा विभिन्न मर्चेंटहरुमा (होटल, रेष्टुराँ, पब लगायत अन्य पसलहरु) २० प्रतिशतसम्म छुट पाउने छन् । 

बैंकले नयाँ खाता खोल्ने ग्राहकहरुका लागि योे कार्ड निशुल्क प्रदान गर्ने जानकारी गराएको छ । यसबाहेक मास्टरकार्डधारी ग्राहकहरुले यो कार्ड नेपालका कुनै पनि पस मेशिनमा प्रयोग गरि सामान खरिद गरेमा आकर्षक नगद फिर्ता पाउने छन् । 
बैंकद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणा र मास्टरकार्डका तर्फबाट दक्षिण एसिया क्षेत्रीय प्रमुख पोरुष सिंहले कार्डको सेवा सुरु भएको घोषणा गरेका छन् । 

यही अवसरमा मास्टरकार्डकातर्फबाट पोरुष सिंहले पछिल्ला वर्षहरुमा नेपालले डिजिटल भुक्तानी प्रणालीमा र कार्डको प्रयोगमा उच्च प्रगति गरेको हुँदा मास्टरकार्डले यो प्रगति पथमा हिमालयन बैंकसँग सहकार्य गर्न पाउँदा खुसी भएको बताए ।  हिमालयन बैंकका ग्राहकहरुले देशभरी भएका आफ्ना ५७ वटै शाखाहरुबाट यो कार्ड लिन सक्ने तथा १११ वटा एटीएममार्फत प्रयोग गर्न सक्ने छन् । साथै यो कार्ड नेपाल र भारतका पस मेशिनहरुमा प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी गराइएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।