logo

गुराँस लघुवित्तद्वारा बैशाख १६ गतेदेखि साधारण शेयर निष्काशन गरिने

    887   पटक पढिएको

८ बैशाख /अर्थ र व्यापार - गुराँस लघुवित्त वित्तीय संस्थाद्वारा यहि बैशाख १६ गते सोमबारदेखि साधारण शेयर (आईपिओ) निष्काशन गरिने भएको छ । धनकुटामा केन्द्रीय कार्यालय रहेको कम्पनीले आईपिओ जारी गर्न आइतबार आह्वानपत्र प्रकाशन गरेको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । कूल निष्काशित २ लाख ५० हजार कित्ता आईपिओमध्ये कर्मचारीहरुलाई ३ हजार ८७५ कित्ता र सामूहिक लगानी कोषहरुलाई १२ हजार ५०० कित्ता छुट्टाइएको छ । दुई लाख ३३ हजार। ६२५ कित्ता शेयरका लागि सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

लघुवित्तले निष्काशन गर्ने आईपिओमा न्यूनतम १० कित्ता का लागि एक हजार रुपैयाँदेखि अधिकतम ५०० कित्ताका लागि ५० हजार रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था रहेको छ । आईपिओ निष्काशन बैशाख २० गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ १४ गतेसम्म खुला रहनेछ ।

गुराँसले धितोपत्र बोर्ड चैत २६ गते जारी पूँजीको ३२.२६ प्रतिशत बराबरको साधारण शेयर जारी गर्न अनुमति दिएको थियो। पुस १० गते कम्पनीले बोर्डमा अनुमति मागेको थियो । लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ । लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।