logo

ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ८६ लाख ८ हजार पुग्यो

    981   पटक पढिएको

२३ माघ /अर्थ र व्यापार - ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा बढ्दै गएको छ भने उच्च पूँजीवृद्धिका कारण बैंकको प्रतिशेयर आम्दानी भने थोरै मात्र बढेको छ ।

यस अवधिमा बैंकको खुद नाफामा गत वर्ष पुसको तुलनामा ४९०.४० प्रतिशतले बढोत्तरी देखिएको छ । गत पुस मसान्तमा १४ लाख ५८ हजार खुद नाफा आर्जन गरेको बैंकको खुद नाफा ८६ लाख ८ हजार पुगेको हो । उच्च पूँजी वृद्धिको भारले बैंकको इपिएस ज्यादै न्यून मात्र बढेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न चार सय प्रतिशत हकप्रद जारी गरेको बैंकको प्रतिशेयर आम्दानी भने वार्षिक ३ रुपैयाँ ४४ पैसा मात्र रहेको छ । गत पुसमा बैंकको प्रतिशेयर आम्दानी वार्षिक २ रुपैयाँ ९२ पैसा रहेको थियो ।

यस अवधिमा बैंकको चुक्ता पूँजी १० करोडबाट ५० करोड पुर्याएको छ भने जगेडा कोषमा पनि उत्कृष्ट सुधार गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म ५५ लाख ७६ हजार रुपैयाँले ऋणात्मक रहेको बैंकको जगेडा कोष चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५३ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २.३२ प्रतिशतले घटेको छ भने कर्जा विस्तार ७४.३९ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तको तुलनामा चालू आवको यसै अवधिमा बैंकको निक्षेप ५९ करोड ४२ लाखबाट घटेर ५८ करोड ५ लाखमा झरेको छ । उता कर्जा विस्तार भने ४४ करोड ७८ लाखबाट बढाएर ७८ करोड ९ लाख परिचालन गरेको छ ।

पुस मसान्तसम्म बैंकले ५ करोड ३५ लाख ब्याज आम्दानी गरि २ करोड ६४ लाख ब्याज खर्च गर्दा २ करोड ७० लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १८०.८० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ९६ लाख २९ हजार खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।
गत वर्षको पुस मसान्तसम्म सञ्चालन नाफा १० लाख ४७ हजार रुपैयाँले ऋणात्मक रहेको बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक करोड ३ लाख सञ्चालन नाफा कमाएको छ ।

बैंकले खराब कर्जा अनुपात ३ प्रतिशतबाट २.३० प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ३१.०७ गुणा बढी रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।