logo

ग्रामीण विकास लघुवित्तद्वारा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गरिने

    1581   पटक पढिएको

१० बैशाख /अर्थ र व्यापार  - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले बैशाख २७ गतेदेखि चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले दुई बराबर एक अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । लघुवित्त कम्पनीले सञ्चालक समितिको चैत १४ गते बसेको १२२ औं बैठकको निर्णय अनुसार ५० प्रतिशत हकप्रद निष्काशनका लागि चैत २९ गते बुकक्लोज गरिसकेको छ । जसअनुसार चैत २८ गतेसम्म कायम शेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रदमा आवेदन दिने अन्तिम दिन जेठ ३० गते रहेको छ ।

हकप्रदमा एनआईबिएल एस क्यापिटल लाजिम्पाट तथा यसका शाखा कार्यालयहरु लालदरबार काठमाडौं , लगानखेल ललितपुर,  पोखरा, वीरगञ्ज, बुटवल, विराटनगर तथा ग्रामिण विकास लघुवित्तको शााखा कार्यालयहरु विराटनगर, जनकपुर,बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । यसैगरि मेरो शेयरबाट समेत हकप्रद भर्न सकिन्छ ।

लघुवित्तको असोज ५ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजी ६५ करोड ५० लाख रूपैयाँको ५० प्रतिशत अर्थात १ को अनुपात ०.५ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ । हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको ग्रामीणको ३२ करोड ७५ लाख रुपैयाँ हकप्रद बिक्री पश्चात ९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ११ करोड ३४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा कायम गरेको छ । लघुवित्त कम्पनीको चैत ९ गते प्रतिकित्ता शेयरमूल्य ३४६ रुपैयाँ रहेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।