logo

सरकारद्धारा बैंकका लागि विकास खर्च

    2147   पटक पढिएको


२१ जेठ / अर्थ र व्यापार -सरकारले पूर्वाधार निर्माणमा छुट्याएको रकम खर्च गर्न नयाँ रणनीती अख्तियारी गरेको छ । अबदेखि आयोजनाको तयारीका चरणहरु पूरा गरी साउनभित्र टेन्डर गरिसक्नु पर्छ। असोजभित्र प्राप्त टेन्डर मूल्यांकन गरी ठेक्का सम्झौता गरिसक्नु पर्ने नीति सरकारले लिएको हो। 

विकास निर्माणलाई तिब्रता दिन सरकारले भदौ १५ गतेभित्र आयोजनाको विस्तृत विवरण, सम्पन्न गर्नु पर्ने अवधि र लागत र त्यसका लागि जिम्मेवार कर्मचारी सहितको आयोजना कार्यान्वयन कार्ययोजना तयार पार्ने भएको छ । आयोजना सम्पन्न गर्ने अवधिभरका लागि स्पष्ट जनशक्ति योजनासहित अस्थायी दरबन्दी साउन मसान्तभित्र स्वीकृत गरिसक्नु पर्छ  । 
सरकारले आगामी आर्थिक बर्षको बजेटमा नीतिगत ब्यवस्था गर्दै तोकिएको समयमा काम सुरु नगर्ने र आयोजना कार्यान्वयन कार्ययोजना अनुसार काम नगर्ने निर्माण ब्यावसायीको ठेक्कासमेत रद्द गर्ने भएको छ। सरकारले अर्थ मन्त्रालयमा रहेको विषयगत मन्त्रालय बजेट सुचना प्रणालीबाट प्राप्त हुने चौमासिक बिभाजन सहितको कार्यक्रमलाई नै स्वीकृत कार्यक्रम र खर्च गर्ने अख्तियारी मानी बजेट निकासा दिने नीति लिएको छ ।

अबदेखि निर्माण ब्यावसायीले ठेक्का सम्झौता गरेपछि सम्झौता बमोजिमका सबै वा केही कार्यका लागि सहायक ठेक्का सम्झौता गर्नु पर्ने भएमा आयोजना प्रमुखको लिखित स्वीकृति लिनु पर्छ। अति आवस्यकवाहेक एक तहभन्दा बढि तहमा सहायक ठेक्का सम्झौता गर्न नपाइने व्यवस्थासमेत सरकारले गर्ने भएको छ। 
एकातिर तोकिएको गुणस्तर कायम नगर्ने तथा समयभित्र काम नसक्ने निर्माण ब्यावसायीलाई कारवाही गर्ने योजनासमेत सरकारले बनाएको छ भने अर्कातिर समयभित्र काम गर्ने ठेकेदारलाई सरकारले वित्तीय तथा गैरवित्तीय प्रोत्साहन उपलब्ध गराउने नीतिसमेत लिएको छ।
 
बिल भुक्तानीमा पनि सरकारले सहज नीति लिएको छ । काम सकिएपछि त्यसको भेरिफिकेसन हुन्छ। फेरिफिकेसन भएको १० दिनभित्र बिल तयार हुन्छ । बिल पेश भएको १५ दिनभित्र भुक्तानी उपलब्ध गराइने भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।