logo

गोर्खाज फाइनान्सद्वारा ६ करोड ३५ लाख मुनाफा आर्जन

    897   पटक पढिएको

१९ बैशाख /अर्थ र व्यापार - गोर्खाज फाइनान्स लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ६ करोड ३५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १२ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा नाफा ५१ लाख रुपैयाँ कमाएको थियो ।
८६ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा ३५ करोड २० लाख रुपैयाँ छुटाएको छ । फाइनान्सले निक्षेपमा ५ अर्ब ८२ करोड ३२ लाख रुपैयाँ संकलन गरी कर्जामा ५ अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ ।

फाइनान्सको खुद व्याज आम्दानीमा १२ दशमलव ७८ प्रतिशतले घटेर ११ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको सोहिअवधिमा संचालन नाफा ९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । फाइनान्सको जोखिम युक्त सम्पत्ति १८ दशमलव २६ प्रतिशत रहेको छ भने निष्कृय कर्जा ४ दशमलव ८९ प्रतिशत रहेको छ ।

फाइनान्सको प्रति शेयर आम्दानी वार्षिक ९ दशमलव ७६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ११ दशमलव ३७ गुणा, प्रतिशेयर नेटवर्थ १४० दशमलव ५६ रुपैयाँ र तरलता अनुपात ३० दशमलव ३० प्रतिशत रहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।