logo

‘ग्लोबल आइएमई प्रोफेशनल कर्जा’ सञ्चालनमा, बिनाधितो १५ लाख सम्म ऋण पाइने

    1262   पटक पढिएको

१५ माघ /अर्थ र व्यापार - ग्लोबल आइएमई बैंकले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी ‘ग्लोबल आइएमई प्रोफेशनल कर्जा’ सञ्चालनमा ल्याएको छ ।

विभिन्न पेशामा संम्बद्ध व्यक्तिहरु जस्तै डाक्टर, इन्जिनियर, सि.ए. लगायत अन्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरि बैंकले सञ्चालनमा ल्याएको ‘प्रोफेशनल लोन’ अन्र्तगत सेवाग्राहीले बिना धितो १५ लाख सम्म ऋण प्राप्त गन सक्ने बैंकले जनाएको छ । सुलभ व्याजरमा उपलब्ध गराईने यस्तो कर्जाबाट विभिन्न पेशामा र व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सहज तरिकाले बैंकिङ्ग ऋणको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने ‘प्रोफेशनल लोन’ सुविधाले आफ्नो पेशा व्यवसायको साथसाथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहने कर्मचारी वर्गलाई सघाउ पुर्याउने बैंकले विश्वास लिएको छ ।

‘प्रोफेशनल लोन’ सुविधा नेपाल भरी फैलिएर रहेका ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु मार्पत उपलब्ध हुनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।