logo

ग्लोबल आईएमई बैंकको नाफा १ अर्ब ६८ करोड, स्प्रेड दर ५ प्रतिशतभन्दा माथि

    1516   पटक पढिएको

 २६ माघ / अर्थ र व्यापार - ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा १ अर्ब ६८ करोड ५९ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।
जनता बैंकसँग मर्ज भएपछिको ग्लोबलले सार्वजनिक गरेको यो पहिलो अपरिष्कृत वित्तीय विवरण हो । बैंकले गत पुस मसान्तसम्ममा १ खर्ब ९० अर्ब ५२ करोड ६५ लाख रुपैयाँ सर्वसाधारणमा कर्जा तथा लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ८ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको थियो ।
बैंकमा सर्वसाधारणको १ खर्ब ९७ अर्ब ४१ करोड १३ लाख रुपैयाँ सर्वसाधारणको निक्षेप संकलन गरेको छ । गत वर्षको ६ महिनामा बैंकले १ खर्ब २० अर्ब ८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
६ महिनाको अवधिमा बैंकले ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ भने ५ अर्ब ८ करोड २८ लाख रुपैयाँ व्याज खर्च गरेको छ । गत वर्षको ६ महिनामा बैंकले ६ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरी ४ अर्ब ५ करोड ५३ लाख रुपैयाँ व्याज खर्च गरेको थियो । गत आवको ६ महिनामा २ अर्ब ३८ करोड १० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
बैंकको खराब कर्जा अनुपात केही बढेको छ । यद्यपि नियामकीय प्रावधानभन्दा कम नै छ । गत आवको पुस मसान्तमा ०.७५ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा १.२० प्रतिशत पुगेको छ ।
बैंकको कष्ट अफ फण्ड घटेको छ । गत आवको पुस मसान्तसम्ममा ७.५७ प्रतिशत रहेको कष्ट अफ फण्ड चालु आवको सोही अवधिसम्ममा ६.७९ प्रतिशत छ । बैंकलाई थप कर्जा प्रवाह गर्ने सुविधा कम छ । गत आवको पुस मसान्तसम्ममा ७९.०६ रहेको कर्जा निक्षेप अनुपात चालु आवको सोही अवधिसम्ममा ७८.९८ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ८० प्रतिशतसम्म पुर्याउन पाइन्छ ।
बैंकको आधारदर एकल अंकमा आएको छ । गत वर्षको पुस मसान्तसम्ममा १०.०९ प्रतिशत रहेको आधार दर चालु आवको सोही अवधिसम्ममा ९.६४ प्रतिशतमा झरेको छ । आधार दर कम हुँदा कर्जाको व्याज सस्तो पर्छ ।
बैंकको व्याज अन्तर (स्प्रेड) दर भने निकै बढेको छ । गत आवको पुस मसान्तसम्ममा ३.८१ प्रतिशत रहेको व्याज अन्तर चालु आवको सोही अवधिमा ५.३१ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चालु आवको अन्त्यसम्ममा व्याज अन्तर ४.४ प्रतिशतमा ल्याइसक्न निर्देशन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।