logo

नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा ग्लोबल आइएमई बैकद्वारा वितरण

    1226   पटक पढिएको

१८ चैत्र /अर्थ र व्यापार - ग्लोबल आइएमई बैक लिमिटेडद्वारा ग्राहकहरुलाई नेपाल सरकारद्वारा अनुदान प्राप्त सहुलियतपूर्ण कर्जाप्रवाह गरिएको छ । यसै सन्दर्भमा बैंकको त्रिशुली शाखा, नुवाकोटवाट एक समारोहका बीच विभिन्न ६ जना भूकम्प पिडित व्यक्तिहरुलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले भूकम्प पिडितहरुको निजी आवास निर्माण कर्जावितरण गरे । सोही समारोहमा बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकहरुलाई कृषि तथा पशुपंक्षी कर्जार महिला उद्यमशिल कर्जा वितरण गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्र बहादुर श्रेष्ठले स्थानीय सरकारको सहयोगमा घर नबनाएका भूकम्प पिडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्नेर सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने बताएका छन् । घरनबनाएका लाभग्राहीहरुले आर्थिक अवस्थाको कारण घरनबनाएको भए प्राविधिक सहयोग गर्ने र अन्यत्र घरभएर नबनाएको हो भने लाभग्राही सूचिबाट हटाउने बताए ।

ग्लोबल आइएमइ बैंकले भूकम्प पिडितहरुको निम्ति निजी आवास निर्माण कर्जा, व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा, महिला उद्यमशिल कर्जा, व्याज अनुदान सहितको अन्य सहुलियतपूर्ण कर्जा दिंदै आएको जानकारी दिँदैकर्जा लिनु मात्र उपलब्धी नभइ सहि ठाउँमा लगानी गरेर प्रतिफल प्राप्त गर्न सम्बन्धित ग्राहकहरुलाई बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।