logo

ग्लोबल आइएमई बैंकको पुस २७ गते १२ औं साधारण सभा, मर्जरमा जाने संकेत

    1259   पटक पढिएको

३ पुस/ अर्थ र व्यापार  - ग्लोबल आइएमई बैंक (GBIME) पनि मर्जर वा प्राप्तीमा जाने संकेत देखाएको छ । अन्य कुनै बैंक वा वित्तीय संस्था गाभ्न र गाभिन वा प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव सहित बैंकले १२ औं साधारण सभा डाकेको हो ।

बैंक सञ्चालक समितिको पुस १ गते बसेको ३१० बैठकले पुस २७ गते शुक्रबार नक्साल व्याङक्वेट काठमाडौंमा दिनको १० बजे वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर स्वीकृत गर्ने र सोही हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव गरेको छ । बैंकको अधिकृत पूँजी १० अर्बबाट १६ अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि साधारण सभामा गर्दैछ ।

यस्तै सञ्चालक समितिले प्रस्तुत गर्ने वार्षिक प्रतिबेदन पारित गर्ने, लेखा परिक्षकको प्रतिबेदन सहित आर्थिक वर्ष २०७४र७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने र लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने तयारी गरेको छ । यसै गरि बैंकको साधारण सभाले सञ्चालक पदमा बाँकी अवधिका लागि सञ्चालकको नियुक्ती र स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।