logo

गरिमा विकास बैंकद्वारा वित्तिय विवरण सार्वजनिक

    1575   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार- गरिमा विकास बैंकले नाफा वृद्धि सहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको तेस्रोे त्रैमासमा २८ करोड १५ लाख ६४ हजार कमाएको बैंकले यो वर्ष ४२ करोड ३७ लाख ९६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको हो । पूँजी कोष अनुपात २० बाट १५ प्रतिशतमा संकुचन आउनु बाहेक बैंकको पूँजी, जगेडा कोष, निक्षेप संकलन र कर्जा परिचालन, खराब कर्जा लगायतका अधिकांश सूचकमा गरेको सुधारले बैंकको प्रगतिको संकेत गर्दछ । 

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत, जगेडा कोष ३९ प्रतिशत, निक्षेप ६२, कर्जा लगानी ५२, र खुद नाफा ४१ प्रतिशत धेरैले सुधारिएको छ । यस अवधिमा बैंकको पूँजी २ अर्ब ७८ करोड ८३ लाख र जगेडा कोष ७९ करोड ६८ लाख पुगेको छ । यस अवधिमा बैंकले निक्षेप संकलन १८ अर्ब ६३ करोडबाट बढाएर ३० अर्ब ३५ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा परिचालन पनि १७ अर्ब १० करोडबाट २६ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ ।
व्यवसायमा बिस्तार गरेसँगै समीक्षा अवधिमा बैंकले ६९ करोड ९६ लाख खुद व्याज आम्दानीलाई बढाएर ९९ करोड ९ लाख पुर्याएको छ । कर्जा लगानीमा आएको वृद्धिले खुद ब्याज आम्दानी ९९ करोड ९ लाख पुग्दा प्रतिशेयर आम्दानी ३३ प्रतिशतले बढको छ ।

गत आर्थिक वर्षको चैत मसान्तमा १४ रुपैयाँ ८१ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ६ पैसा र खराब कर्जा पनि ०.७८ बाट ०.२६ प्रतिशतमा सुधार भएको छ । यस्तै प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ५८ पैसा, र मूल्य आम्दानी अनुपात ९.६२ गूणा र बैंकको लगानीको प्रतिफल १७.८७ प्रतिशत छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।