logo

गण्डकी विकास बैंकको वित्तिय विवरण सार्वजनिक ,खुद नाफा बढाउदा जगेडा कोषको आकार घट्यो 

    1430   पटक पढिएको

२३ माघ /अर्थ र व्यापार - गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढाएको छ । तर बैंकको जगेडा कोषको आकार भने गत पुस मसान्तको तुलनामा घटेको वित्तीय विवरण सार्वजनिक भएको छ ।

बैंकले चालू आवको ६ महिना अवधिमा २६ करोड ५२ लाख खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २९.६९ प्रतिशत अर्थात ६ करोड ७ लाख रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले २० करोड ४५ लाख खुद नाफा आर्जन गरेको थियो । उता बैंकको जगेडा कोषको आकार भने कमजोर बनेको छ । गत आवको पुस मसान्तमा बैंकको जगेडा कोषमा एक अर्ब १३ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेकोमा २२.४२ प्रतिशतले घटेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८८ करोड ३० लाख रुपैयाँ मात्र सञ्चित छ ।

समीक्षा अवधिमा बैंकले चुक्ता पूँजी ४९.१४ प्रतिशतले बढाएको छ भने निक्षेप संकलन र कर्जा परिचालन पनि ३० प्रतिशत बढीले विस्तार गरेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड ३९ लाखबाट २ अर्ब ७५ करोड पुगेको छ । यस्तै बैंकले निक्षेप संकलन ३१.४६ प्रतिशतले बढाएर २६ अर्ब १९ करोड ४० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा लगानीतर्फ ३३.१६ प्रतिशतले कर्जा विस्तार गर्दै २३ अर्ब ३८ करोड ५४ लाख बराबरको रकम परिचालन गरको छ । यस अवधिमा बैंकले एक अर्ब ६० करोड २० लाख ब्याज आम्दानी र एक अर्ब ४ करोड ७७ लाख ब्याज खर्च गरी ५५ करोड ४२ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा २२.१५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ४५ करोड ३७ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खराब कर्जा अनुपात ०.८८ बाट घटेर ०.४१ प्रतिशतमा झरेको छ । पूँजी वृद्धिको चापले बैंकको प्रतिशेयर आम्दानी घटेको छ । गत पुसमा २२ रुपैयाँ १८ पैसा रहेको बैंकको इपिएस १९ रुपैयाँ २९ पैसामा सीमित भएको हो । यस्तै बैंकको आधार दर ११.८६ बाट ११.७६ प्रतिशतमा घटेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ पनि १६१ रुपैयाँ ७३ पैसाबाट १३२ रुपैयाँ ११ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०.०२ गुणा बढी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।