logo

गण्डकी विकास बैंकको बार्षिक साधरणसभा आह्वान, मर्जरमा जाने संकेत 

    1280   पटक पढिएको

४ पुस /अर्थ र व्यापार - देशमा विद्यमान वित्तीय चुनौतीहरुलाई सामाना गर्न नसक्दा ठूला विकास बैंकहरु वाणिज्य बैंकमा विलिन हुने क्रम जारी नै रहेको छ भने वाणिज्य बैंकहरु पनि मर्जर प्राप्तीलाई खुला राखेर साधारण सभाबाट प्रस्ताव पारित गराउने क्रम बढ्दो छ ।

यसै क्रममा गण्डकी विकास बैंकले मर्जर तथा एक्विजिसनमा जाने संकेत सहित एघारौँ वार्षिक साधारण सभाको आह्वान गरेको छ । सभामा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा मर्जर वा एक्विजिसनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव गरेको छ । 

यसैगरि सञ्चालक समितिले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पनि अनुमोदन गर्नेछ । बैंकले चुक्ता पूँजी २ अर्ब ७५ करोडको १४.२० प्रतिशतले हुन आउने ३८ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।

जसअनुसार पुस १० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्नेछन् ।
बैंकको एघारौँ वार्षिक साधारण सभा पुस २६ गते बिहीबार बिहान ९ बजे माउण्ट कैलाश रिसोर्ट लेकसाईड पोखरामा हुने जनाएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।