logo

नेपाल पुनर्बिमा कम्पनीमा चार जना सर्ट्लिस्ट, पौडेल र भण्डारीको दौडधुप

    1372   पटक पढिएको

१८ मंसिर / अर्थ र व्यापार - नेपाल पुनर्बिमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका लागि चारजना ’सर्ट्लिस्ट’ भएका छन्।  प्रमुख कार्यकारी अधिकृत सिफारिश उपसमितिले आवेदन दिएका ६ मध्येबाट चार जनाको नाम अन्तिम सूचीमा राखेको हो। सर्ट्लिस्ट परेकामा अशोककुमार पौडेल, चिरायु भण्डारी, शेषरमण आचार्य र शंकरकुमार रायमाझी छन्। 

पौडेल राष्ट्र बैंकको निर्देशक पदबाट अवकाश पाएका हुन् भने भण्डारी कम्पनीकै निवर्तमान प्रमुख कार्यकारी हुन् । रायमाझी राष्ट्रिय वाणिज्य बैंकका र आचार्य कृषि विकास बैंकका पूर्वकर्मचारी हुन्। अर्थमन्त्रालय स्रोतका अनुसार पौडेल र भण्डारीबीच चर्को प्रतिस्पर्धा छ। पौडेल र भण्डारी दुवैले प्रधानमन्त्री तहसम्म आफ्ना लागि लबिङ गरिरहेका छन्। 

अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैंकमा गभर्नर हुँदा पौडेलले संचालक समितिका सचिवको रूपमा काम गरेका हुन् । त्यसैले पौडेललाई अर्थमन्त्रीले ल्याउन चाहेका छन्। तर केही पूर्वएमाले भने भण्डारीकै पक्षमा उच्च तहसम्म लबिङ गरिरहेका छन्। 

स्रोतका अनुसार उनीहरुले भण्डारीलाई नै कार्यकाल थप्न दबाब दिएका थिए। तर खतिवडाकै कारण भण्डारीको कार्यकाल थपिएन।  भण्डारी पूर्वअर्थमन्त्री डा. रामशरण महतका पालामा नियुक्त भएका हुन् । स्रोतका अनुसार अहिले केही समूहले महतका पालामा नियुक्त गरेपनि भण्डारी नेकपाप्रति नजिक रहेको भन्दै लबिङ गरिरहेका छन्। 

‘महतका पालामा नियुक्ति भएपनि उहाँ हाम्रै दललाई समर्थन गर्नुहुन्छ। बीमाका बारेमा समेत बुझ्ने र दललाई पनि फाइदा हुने भएकाले भण्डारीलाई ल्याउँदा उपयुक्त हुन्छ,’ राजनीतिक शक्ति केन्द्रमा भण्डारीका पक्षमा लबिङ गर्दै एक नेताले भनेका थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।