logo

सरकारले लक्जरी गुड्सका वस्तु आयातमा रोक लगाउने, राष्ट्र बैंकद्वारा एलसीमा कडाई

    1526   पटक पढिएको

२३ मंसिर /अर्थ र  व्यापार  - सरकारले लक्जरी गुड्स(विलासिता)का वस्तु आयातमा रोक लगाउने भएको छ । विदेशी मुद्राको संचिती घट्न थालेपछि विलासिताका वस्तुको आयातमा रोक लगाउन खोजिएको हो । राष्ट्र बैंकले विलासिताका वस्तुको आयात रोक्न आवश्यक अध्ययन थालिसकेको छ ।

देशलाई अत्यावश्यक नभएका विलासिताका वस्तुको आयात रोक्न अध्ययन थालिसकीएको र ती वस्तुको आयातको तथ्यांक हेरेर अघि बढ्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बताए । विकास निर्माणका वस्तु आयात गर्नै समस्या आउने देखिएपछि विलासिता र अनुत्पादक साधनहरु आयातमा कडाइ गर्न खोजिएको छ । बाणिज्य बैंकहरुबाट आयातका लागि खोलिने प्रतितपत्र (एलसी)मा कडाइ गर्नेछ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि त्यस्ता वस्तुको आयात निरुत्साहित गर्न परिमाणात्मक बन्देज(क्वान्टिटेटिभ रेस्ट्रिक्सन) लगाउने श्रेष्ठले जानकारी दिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले विलासिताका वस्तु आयातको ग्राफ बढ्दो क्रममा रहेको भन्दै बैंकका प्रमुख कार्यकारीहरुलाई उपभोगमूखी आयातमा कडाइ गर्न आग्रह गरिसकेका छन् । बैंकहरुले विलासिताका सामान आयातमा एलसी खोल्न थालेपछि देशको पैसा बाहिरिएको र आन्तरिक रुपमा तरलता अभाव चर्किएको विश्लेषण अर्थ र राष्ट्र बैंकको छ । अर्थमन्त्रालयको सुझाबमा राष्ट्र बैंकले निजी सवारी साधनको ऋण लगानीमा कडाइ गरिसकेको छ । मूल्यांकनको ६५ प्रतिशतसम्म गाडी कर्जा पाइँदै आएकोमा त्यसलाई घटाएर ५० प्रतिशतमा झारिसकिएको छ । 

विदेश घुम्न जाने नेपालीको खर्चमा पनि कडाइ गरिएको छ । २५ सय डलरसम्म पाइने गरेकोमा यसलाई झारेर १५ सय डलर पुर्याइएको छ । यो वाहेक साधारण रुपमा आउने सामानलाई एलसी खोल्नुपर्ने व्यवस्था गरिएको छ । उच्च आयातका कारण कुल विदेशी विनिमय सञ्चितिले ५.२ प्रतिशतले घटेर ९ अर्ब ५६ करोडमा झरिसकेको छ । चालु खाता घाटा तीन महिनामै ८१ अर्ब ९६ करोड पुगिसकेको छ भने शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड पुगिसकेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार, तीन महिनामा कुल वस्तु निर्यात २३ अर्ब ७४ करोड हुँदा आयात तीन खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगिसकेको छ ।  उच्च आयातकै कारण विदेशी विनिमय सञ्चिति घटेको हो । श्रेष्ठका अनुसार नेपालमै उत्पादन हुने तरकारी फलफुलको आयात पनि बढ्न थालेको छ । यसको उत्पादन यही बढाउन सकिने हुदाँ समेत आयात भइरहेकाले त्यसलाई समेत रोक्नुपर्ने अवस्था आएको उनले बताए ।
औद्योगिक उत्पादनलाई आवश्यक पर्ने कच्चा पदार्थ, अत्यावश्यक सामग्रीलगायतको आयातमा कडाइ हुँदैन । अनावश्यक रुपमा  उपभोगका लागि आउने चकलेट, बिस्कुट, महँगा पर्फ्युम, शौन्दर्य प्रसाधान, नेपालमा सजिलै उत्पादन हुने कृषि उपजलगायतका सामग्री आयातमा परिमाणात्मक बन्देज लाग्ने छ ।

नचाहिने सामान आयात बन्द हुँदा हाम्रो विदेशी मुद्रा सञ्चिति घट्न पाउँदैन । यसबाट हामीले विकास निर्माणका लागि आवश्यक सामग्री खरीद गर्न सक्ने श्रेष्ठले बताए । उनका अनुसार देशमा आर्थिक विकासका कृयाकलाप बढ्न थालेकाले विदेशी मुद्राको सञ्चितिमा दबाब परिरहने छ । अहिलेको सञ्चितिले ७.९ महिनाको मात्र आयात धान्न सक्छ ।
    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।