logo

पहिलोपटक लाभांश बाँड्यो राष्ट्रिय वाणिज्य बैंकले, सरकारलाई एक अर्ब ८ करोड

    1325   पटक पढिएको

१ माघ / अर्थ र व्यापार - राष्ट्रिय वाणिज्य बैंकले पहिलोपटक लाभांश दिएको छ। बैंकले चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश दिएको हो। 

बैंकमा अधिकांश सेयर सरकारको छ। एनआइडीसी विकास बैंक गाभ्दा त्यहाँ रहेको सर्वसाधारणको सेयर ०.०३ प्रतिशत छ।

बैंकले मंगलबार सरकारलाई लाभांश वापतको एक अर्ब ८ करोड रूपैयाँ उपलब्ध गराइसकेको छ। सर्वसाधारणले करिब ३० लाख रुपैयाँ लाभांश पाएका छन्।

’खराब अवस्थामा पुगेको बैंकमा सुधार गरेर आजको दिनमा लाभांश बाँड्ने हैसियतमा पुगेकोमा मलाई एकदमै खुसी लागेको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले  अर्थ र व्यापारसँग भने, ’यसले बैंक स्थिरतातिर गइरहेको देखाउँछ।’

बैंकको कुनै समय नेटवर्थ ऋणात्मक थियो। सरकारले विश्व बैंकसँग ऋण लिएर नेपाल बैंकसहित राष्ट्रिय वाणिज्य बैंकमा सुधार थालेको थियो। सुधारपछि बैंकको वित्तीय अवस्था सकारात्मक बन्दै गएको हो।

बैंकको कुनै बेला १२ अर्ब रूपैयाँ ऋणात्मक नेटवर्थ थियो। अहिले २० अर्ब धनात्मक भएको छ। बैंकको लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ। बैंकले सञ्चालक समितिको बैठक डाकेर माघ तेस्रो साता साधारणसभा गर्ने मिति तय गर्ने भएको छ।

बैंकको ऋण लगानी १ खर्ब ५० अर्ब रुपैयाँ पुगिसकेको छ। बैंकसँग सर्वसाधारणको १ खर्ब ९४ अर्ब रूपैयाँ निक्षेप छ। बैंकले गत वर्ष ५ अर्ब ६ करोड रूपैयाँ नाफा गरेको थियो। बैंकको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ५८ बाट ८० प्रतिशत पुगिसकेको छ। बैंकको शाखा संख्या १ सय ६५ बाट २ सय ३८ पुगिसकेको छ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।