logo

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण निष्काशन

    1819   पटक पढिएको

१ माघ/ अर्थ र व्यापार
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (FMDBL)  विगतका समयमा झै चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण निकाल्ने पहिलो कम्पनी बनेको छ । लघुवित्तको अधिकांश सूचकहरुमा आकर्षक बढोत्तरी भएको छ भने खुद नाफा १८ प्रतिशतले बढेको छ ।

मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार लघुवित्त कम्पनीको खुद नाफा पाँच करोड ६३ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८६ लाख १९ हजार रुपैयाँ बढी हो ।समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४५ करोड ६२ लाखबाट ६८ करोड ४३ लाख पुगेको छ भने जगेडा कोषको आकार ११ करोड ९३ लाखबाट १५ करोड ३० लाख पुगेको छ । खराब कर्जा अनुपात शुन्य प्रतिशत रहेको लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४६ पैसा रहेको छ ।

चुक्ता पूँजी वृद्धिका कारण लघुवित्तको इपिएस भने ४ रुपैयाँ ४५ पैसाले खुम्चिएको हो । गत आवको यसै अवधिमा २० रुपैयाँ २१ पैसा इपिएस रहेको थियो । थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले यस अवधिमा चार अर्ब ५७ करोड सापटी लिएर चार अर्ब ६८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । जसबाट कम्पनीको खुद ब्याज आम्दानी ९ करोड १२ लाख पुगेको छ । गत आवको यसै अवधिमा उसको खुद ब्याज आम्दानी ८ करोड पाँच लाख थियो ।

खर्चमा मितव्ययी बनेको यस कम्पनीको सञ्चालन नाफा ८ करोड ८४ लाख रहेको छ । गत आवमा यस्तो नाफा ७ करोड ४९ लाख थियो । माइक्रोफाइनान्सको वित्तीय विवरण अनुसार प्रति शेयर नेटवर्थ १२२ रुपैयाँ ३६ पैसा र मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ । कम्पनीले गत बर्षको मुनाफाबाट १२.६३ प्रतिशत (आठ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ) नगद लाभांश वितरण गरेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।