logo

सजिलैसँग बैंक लुटिन थालेपछि बायोमेट्रिक्समा जाँदै वित्तीय संस्था, हिमालयन बैंकले जडान गर्दै

    1677   पटक पढिएको

२९ मंसिर / अर्थ र व्यापार - विभिन्न ब्यक्तिको चेकबाट रकम झिकिएको घटना सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक रूपमै टिप्पणी गरे- ’हामीले कस्ता कर्मचारी राखेका छौं, तेस्रो ब्यक्तिलाई धमाधम चेक दिने। आज चेक मात्र दिएका छन्, अब बिटाका बिटा पैसा पनि दिनसक्छन्।’

गभर्नर नेपालको टिप्पणी बैंकहरूको कमजोर आन्तरिक नियन्त्रण प्रणाली माथिको ब्यंग्य थियो। ह्याकरले पैसा लुटेका घटनाहरू सार्वजनिक भइरहँदा अर्काको चेकबाट पैसा झिकिएको घटना पनि भयो । एकदमै परम्परागत ढंगको चोरी देखिएपछि गभर्नरले बैंकर्स संघको बार्षिक साधारणसभामा गएर बैंकिङ सुरक्षा जाँचको प्रणालीप्रति आक्रोशत देखाएका थिए।

गभर्नरले भाषण गर्नु ठिक एक साताअघि विभिन्न १९ बैंक तथा वित्तीय संस्थाको चेक दूरुपयोग भएर पैसा झिकिएको थियो। पैसा झिक्नेहरु पक्राउ परिसकेका छन्। यसपटक भएको घटनामा खातावाल बाहेकको मान्छे चेक बुक लिन बैंक गएको छ। तर  कर्मचारीले चेकबुक लिन आएको मान्छे र खातावालको अनुहार ’म्याच’ गरेनन्। खातामा भएको हस्ताक्षर ढड्डामा गर्न लगाए। ढड्डामा हस्ताक्षर मिलेपछि चेक दिएर पठाए र, त्यही चेक दुरूपयोग भएर २० लाख रूपैयाँ लुटियो।

एकदमै परम्परागत शैलीबाट बैंक लुटिन थालेपछि हिमालयन बैंकले भने अबदेखि जोखिम घटाउने प्रविधिको प्रयोग गर्ने भएको छ। बैंकले काउन्टरमा ’बायोमेट्रिक्स’ को ब्यवस्था गर्ने भएको हो। 

’अब हामी चाँडै बायोमेट्रिक्स कार्यान्वयन गर्दैछौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अर्थ र व्यापारसँग भने, ’यसको अभ्यास हामीले नमुनाका रूपमा गरिसकेका छौं। अब हामी पूर्ण रूपमा कार्यान्वयन नै गर्नेछौं।’

बायोमेट्रिक्स भएपछि चेक लिन जाने ब्यक्तिको फोटो उत्ति नै बेला खिचिन्छ भने उसको ’थम्प प्रिन्ट’ (औंलाको छाप) पनि लिइने छ। यसो हुँदा तेस्रो मान्छे गएर अर्कैको चेक लिन पाउँदैन र पैसा झिक्ने जोखिम पनि रहँदैन।

’यसको सुविधा चेकमा मात्रै होइन। मान्छेले खाता खोल्दा धेरै अघि खिचेको फोटो राखेको हुन्छ, त्यो अपडेट भएको हुँदैन,’ उनले भने, ’उहिले र अहिले मान्छेको स्वरूप नै फेरिइसकेको हुन्छ। उही मान्छे पनि चिन्न सकिँदैन। बायोमेट्रिक्स भएपछि सबै काम स्वचालित हुन्छ। प्रणालीले नै सही र गलत छुट्याउँछ।’

बैंकले केही समयअघि नै नेपाल बैंकर्स संघमा छलफल गरेर अगाडि बढ्ने तयारी गरेको थियो। तर त्यसले साकार रूप लिन पाएन। फेरि बायोमेट्रिक्सको विवरण ’क्लाउड’ मा बस्ने भएकाले त्यसलाई केन्द्रीय बैंकले सुरक्षित मान्दैन। त्यस्तो विवरण जुनसुकै बेला ह्याक गरेर अर्कैले प्रयोग गर्न सक्छ।

’आफ्नै प्रणालीमा विवरण जेनेरेट हुनेगरि हामीले काम गरिरहेका छौं,’ राणाले भने, ’अब हामी राष्ट्र बैंकसँग पनि कुराकानी गर्छौं। स्वीकृति लिएर काम गर्छौं।’

अहिले विदेशी बैंकहरूमा बायोमेट्रिक्स अनिवार्य जस्तै छ। ’आन्तरिक जोखिम कम गर्न यसले ठूलो सहयोग गर्छ,’ उनले भने, ’ढिलो चाँडो सबै बैंकले यो गर्नुपर्छ।’

यता नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ढिलोचाँडो बायोमेट्रिक्समा जानैपर्ने भएकाले त्यतातिर लाग्ने जनाएको छ। अन्य बैंकहरूमा पनि यस बारेमा छलफल भएको छ। तर तत्कालै कार्यान्वयन गर्न भने हिमालयन बैंकले अग्रसरता देखाएको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।