logo

अर्थमन्त्री डा. खतिवडाले भने : बैंकले कर्जा नदिए सिधै मलाई इमेल गर्नुहोस्, कारबाही गर्छु

    1326   पटक पढिएको

११ मंसिर / अर्थ र व्यापार - अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले सहुलियतपूर्ण कर्जा दिन नमाने सिधै आफूलाई इमेल गर्न आग्रह गरेका छन् । बुधबार युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकहरूले सहुलियतको कर्जाका लागि साक्षी बसेकाले यस विषयमा खेलवाड नगर्न सीईओहरूलाई चेतावनीसमेत दिएका छन् ।

‘यदि कुनै पनि बैंकले युवालाई कर्जा दिन नमाने अर्थमन्त्रालयमा अर्थमन्त्रीको हट मेलमा इमेल गर्नुहोस्, म कारबाही गर्छु,’ खतिवडाले भने । उनले युवाहरूलाई सरकारले स्वरोजगारका लागि हाल स्कुलस्तरबाट नै व्यव्सायिक सीप विकास र व्यसायिक शिक्षा सीटीइभीटीका कक्षा सञ्चालित भएको र त्यसमा सरकारले धेरै लगानी गरेको बताए ।

कर्जा प्रवाह गर्ने सस्थाले उद्यमीको जोखिम वहन गर्ने क्षमताको विकास गर्न तालिम दिनुपर्ने समेत उनको भनाइ छ । युवाहरूले बैंकबाट वा अरू कसैसँग सित्तैमा लिनुभन्दा जोखिम उठाएरै सहुलियतको कर्जा लिएर उद्यमी हुन जगरूक हुन आवश्यक रहेको बताउँदै अर्थमन्त्री खतिवडाले बैकबाट लिएको कर्जामा खेलवाड नगरी आयमूलक क्षेत्रमा लगानी गर्न बैंकलाई निर्देशन दिए ।

उनले बैंकले कर्जा जसरी भए पनि उठाउने हुँदा त्यसको सही सदुपयोग गरी बैंकको कर्जा तिर्न समेत युवाहरूलाई आग्रह गरे । कार्यक्रममा बोल्दै कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले बैंकहरूले सहुलियतका कर्जा वितरण नगरेको भन्ने आक्षेप सही नभएको तर्क गर्दै कर्जा माग गर्ने युवा नै नआएको दाबी गरे । उनले आगामी दिनमा भने युवा परिषद् संघकोे सहकार्यमा रहेर सबै क्षेत्रमा कर्जा वितरण गर्ने उनले प्रतिवद्धता समेत जनाए ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार जनालाई ६ अर्ब ८१ करोड ६० लाख रूपैयाँ सहुलियतको कर्जा वितरण गरिसकेको जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएको हुँदा बिना धितो ७ प्रकारका सहुलियतका कर्जादेखि बाहेक पनि नीति तथा कार्यक्रममा उल्लेख भएका सम्पूर्ण कार्यक्रममा वित्तीय सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।