logo

एक्सेल डेभलपमेन्ट बैंकद्वारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

    939   पटक पढिएको

१८ बैशाख /अर्थ र व्यापार - एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा २.९६ प्रतिशत बढेर ११ करोड ४४ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोहि अवधिमा ११ करोड ११ लाख २९ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७६ प्रतिशत र र सञ्चालन मुनाफा ६.५९ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा २३ करोड ४८ लाख ५४ हजार रुपैयाँ खुद ब्याज अम्दानी गरेको बैंकले चालु आवको सोहि अवधिमा २७ करोड १८ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको सञ्चालन मुनाफा पनि १५ करोड २३ लाख ८३ हजार रुपैयाँबाट बढेर १६ करोड २४ लाख ३७ हजार रुपैयाँ पुगेको छ । ६९ करोड २६ लाख ७३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ करोड ९८ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

बैंकको ६ अर्ब ४६ करोड ५६ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५ अर्ब ९८ करोड ६६ लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा आईपुग्दा बैंकले खराब कर्जा घटेको छ । गत आवको सोहि अवधिमा १.१८ प्रतिशत रहेको खराब कर्जा रहेको बैंकको चालु आवको सोहि अवधिमा आईपुग्दा घटेर १.०८ प्रतिशत कायम भएको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ३ पैसा (वार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ३९ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।