logo

एभरेष्ट इन्स्योरेन्सद्वारा १८ करोड ८० लाख ८६ हजार रुपैंया बीमा शुल्क आर्जन

    1334   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार - एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा व्यवसायको आकार फराकिलो अन्तरले बढाएको देखिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा इन्स्योरेन्सले संकलन गरेको बीमा शुल्क तथा दाबी भुक्तानीको आकारले यस्तो देखिएको हो । इन्स्योरेन्सको कमाईमा भने सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पुस मसान्तमा ६ करोड ३९ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको इन्स्योरेन्सले यस पटक १८ करोड ८० लाख ८६ हजार रुपैंया बीमा शुल्क आर्जन गरेको हो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन झण्डै २०० प्रतिशतले बढेको हो ।

बीमा शुल्क आर्जनको आकारसँगै इन्स्योरेन्सको बीमा दाबी भुक्तानीको आँकडा पनि फराकिलो अन्तरले बढेको देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ७० लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोड २३ लाख रुपैंयाको बीमा दाबी भुक्तानी गरेको छ । बीमा शुल्क आर्जनसँगै दाबी भुक्तानीको आकारमा आएको बढोत्तरीले इन्स्योरेन्सको आम्दानी वृद्धिको अनुपात भने केही सुस्त बनेको छ । यसका साथै पुनरबीमा कमिशन खर्च, सेवा शुल्क व्यवस्थापन खर्च तथा यस अघिको असमाप्त जोखिम वापतको व्यवस्था शिर्षकमा धेरै खर्च हुँदा आम्दानी वृद्धि सामान्य देखिएको हो ।

उल्लेखित शिर्षकहरुका कारण इन्स्योरेन्सको ३९ करोड ३१ लाख ४१ हजार पैंयाको आम्दानीबाट ३६ करोड ४७ लाख ३४ हजार रुपैंया खर्च समायोजन हुँदा २ करोड ८४ लाख ७ हजार रुपैंया मात्र नोफा नोक्सान हिसावमा सारिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा २ करोड २६ लाख ८६ हजार रुपैंया रकम नाफा नोक्सान हिसावमा सारिएको थियो । लगानी तथा कर्जाबाट हुने १ करोड ८१ लाख रुपैंयाको आयलाई यस पटकको नाफा नोक्सान हिसावमा सारिएको रकममा थप गरी इन्स्योरेन्सले ४ करोड ६५ लाख १० हजार रुपैंया आम्दानी गर्दा ब्यवस्थापन खर्च र आयकर समायोजनमा २ करोड १३ लाख रुपैंया खर्च गरेको छ ।

उल्लेखित सबै शिर्षक समायोजन गर्दा इन्स्योरेन्सले २ करोड ५१ लाख ६६ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ करोड ३७ लाख रुपैंया खुद नाफा कमाएको थियो । १३ करोड ३६ लाख ५० हजार रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सले १४ करोड रुपैंयाको संस्थापक हकप्रद बिक्री गरेर पूँजी बढाउँदैछ । प्रतिशेयर आम्दानी १८ रुपैंया ८३ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४५.४१ गूणाले बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।