logo

एभरेष्ट बैंकको नाफा डेढ अर्ब, कर्जा र निक्षेप दुबै बढ्यो

    1825   पटक पढिएको

माघ १६ / अर्थ र व्यापार - एभरेष्ट बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो नाफा १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ थियो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणका अनुसार गत वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकले करिब ८ करोड रुपैयाँ नाफा बढाएको छ । एभरेष्टमा सर्वसाधारणको निक्षेप १ खर्ब ४१ अर्ब १९ करोड ५५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारणको निक्षेप १ खर्ब २९ अर्ब ५६ करोड ८१ लाख रुपैयाँ थियो । बैंकमा निक्षेप ११ अर्ब ६२ करोड रुपैयाँले बढेको हो ।

यस्तै, कर्जा तथा लगानी १ खर्ब १४ अर्ब ४३ करोड ३० लाख रुपैयाँ छ । गत वर्ष कर्जा तथा लगानी १ खर्ब ४ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ थियो । एक वर्षको बीचमा बैंकको कर्जा तथा लगानी ९ अर्ब ६८ करोड रुपैयााले बढेको छ ।

बैंकको रिजर्भमा ७ अर्ब २६ करोड ७४ लाख रुपैयाँ छ । व्याज आम्दानी ७ अर्ब १७ करोड २० लाख रुपैयाँ छ भने व्याज खर्च ४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ छ । बैंकले खुद व्याज आम्दानी २ अर्ब ९० करोड २४ लाख रुपैयाँ गरेको छ । गत वर्षको ६ महिनामा बैंकले २ अर्ब ६७ करोड १० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

एभरेष्टको खराब कर्जा अनुपात ०.१६ प्रतिशत छ । गत वर्षको पुसमा ०.१९ प्रतिशत थियो । सम्भावित कर्जा नोक्सानीको लागि बैंकले ७०७ प्रतिशत रकम राखेको छ ।

बैंकको कष्ट अफ फण्ड ६.४४ प्रतिशत छ । गत वर्ष ६.२३ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ७५ प्रतिशत छ । आधार दर ८.४६ प्रतिशत छ । ग वर्ष आधार दर ८.२२ प्रतिशत थियो । बैंकले व्याज दर बढाएको छ । गत वर्ष ४.३८ प्रतिशत रहेको व्याज अन्तर यो वर्ष ५.३३ प्रतिशत पुगेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।