logo

एभरेष्ट बैंकले शेयरधनीलाई २५% लाभांस दिने, पुस २३ का लागि डाक्यो साधारणसभा

    1220   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार -  शेयरधनीलाई सञ्चालक समितिको २५ प्रतिशत लाभांस दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि एभरेष्ट बैंकले वार्षिक साधारणसभाको मिति टुंगो गरेको छ । बैंकले आगामी पुस २३ गते २५ औं वार्षिक साधारणसभा बोलाएको हो। 

सञ्चालक समिति बैठकले यसअघि गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर र २० प्रतिशतका दरले नगद लाभांस घोषणा गरेको थियो। उक्त लाभांस सधारणसभाबाट पारित भएपछि शेयरधनीहरूले प्राप्त गर्न सक्ने छन्। बैंकको ७ प्रतिशत अग्राधिकार शेयर शेयर पुँजीमा परिवर्तन भए पश्चात पुँजी बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियामावली संशोधनका लागि साधारणसभामा पेश गर्नेछ।

साधारणसभा प्रयोजनका लागि बैंकले पुस ४ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्नेछ। पुस ३ सम्म कायम शेयरधनीहरूले प्रस्तावित लाभांस प्राप्त गर्न सक्ने छन्। प्रस्तावित बोनस शेयर र नगद लाभांस सिधै डिम्याट खाता र बैंक खातामा जम्मा गरिदिने भएको उक्त खाता नहुने शेयरधनीहरूलाई अनिवार्य खाता खोल्न बैंकले सूचित गरेको छ। 

बैंकले गत वर्षको भन्दा ५ प्रतिशतले लाभांस बढाएको हो। गत वर्ष २० प्रतिशतमात्रै नगद लाभांस दिएकोमा यो वर्ष थप ५ प्रतिशत बोनस शेयर दिएको हो। हाल दोस्रो बजारमा बैंकको शेयर मूल्य ५ सय ५६ रूपैयाँ छ। एक वर्षको अवधिमा अधिकतम ७ सय ७ रूपैयाँ र न्युनतम ५ सय १ रूपैयाँमा खरिद-बिक्री भएको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।