logo

बैंकहरुद्धारा स्थिर ब्याजदर लागू, ४ प्रतिशतसम्म महँगो

    1721   पटक पढिएको


२० कात्तिक/अर्थ र व्यापार– घर, गाडी लगायत व्यक्तिगत आवधिक प्रकृतिको कर्जामा वारम्बार ब्याजदर बढाउदैं आएका बैंकहरुले स्थिर ब्याजदर लागू गरेका छन् । 

बैंकहरुबाट बारम्वार व्याजदर बढाएको गुनासो बढेपछि राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा व्याजदर परिवर्तन नहुनेगरी स्थिर व्याजदर लागू गर्न निर्देशन दिएको हो । 

बैंकहरुकोे हाल कायम भएको आधार दरभन्दा स्थिर ब्याजदर ४ प्रतिशतसम्म महँगो छ । बैंकहरुले घर र गाडी कर्जामा घटबढ नहुनेगरी तोकेको स्थिर ब्याजदर ७. ९९ देखि १४ प्रतिशतसम्म रहेका छन् ।

स्थिर व्याजदर महँगो पर्ने हुँदा बैंकहरुबाट स्थिर व्याजदरमा व्यक्तिगत आवधिक ऋण प्रवाह हुनसकेका छैनन्।

माछापुच्छ्रे  बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर तोके पनि अहिलेसम्म बैंकबाट यस्तो कर्जा प्रवाह नभएको बताए । उनले सुरुआतमा स्थिर ब्याजदर केही महँगो छ, त्यसैले ऋणीले पछिका लागि भन्दा पनि अहिलेकै लागि सोच्ने भएकाले कर्जा प्रवाह नभएको बताए । 

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋणीहरुमा स्थिर ब्याजदरमा ऋण लिनका लागि आकर्षण नदेखिएको बताए । 

स्थिर ब्याजदर अनुसार लामो समय अवधिकोे घररगाडी कर्जाभन्दा ५ वर्षभित्र चुक्ता गर्नेगरी लिइने कर्जाको ब्याजदर कम भएको पाइन्छ । 

यसअघि घर र गाडी खरिद गर्दा व्यक्तिगत नाममा ऋण लिइसकेकाले पनि चाहेमा स्थिर ब्याजदर कायम हुनेगरी बैंकसँग सम्झौता गर्न सक्नेछन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।