logo

आर्थिक वर्ष २०७४र७५ को विकास सहायता प्रतिवेदन सार्वजनिक 

    1502   पटक पढिएको

२ माघ/ अर्थ र व्यापार - अर्थ मन्त्रालयले गत आर्थिक वर्ष २०७४र७५ को विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष करिब १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर बराबरको विकास सहायता परिचालन भएको प्रतिवेदनमा उल्लेख छ । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३९ करोड ४६ लाख अमेरिकी डलर सहायता परिचालन भएको थियो । यस अवधिमा परिचालित कूल सहायता रकममा ऋण सहायताको अंश ५०.५ प्रतिशत, अनुदान सहायताको अंश ३५.१ प्रतिशत र प्राविधिक सहायताको अंश १४.४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण सहायतामा बृद्धि भएको छ । भने प्राविधिक सहायतामा केही कमी आएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्राप्त सहयोग मध्ये ७८ प्रतिशत राष्ट्रिय बजेट प्रणाली मार्फत प्राप्त भएको छ । अझै २२ प्रतिशत सहायता राष्ट्रिय बजेट प्रणाली बाहिरबाट परिचालन भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय बजेट प्रणाली मार्फत ७३ प्रतिशत प्राप्त भएको थियो । यस अवधिमा परिचालित सहायता मध्ये ४५ प्रतिशत अर्थात ७२ करोड ७० लाख अमेरिकी डलर प्रत्यक्ष वा अप्रत्यक्ष जेन्डर सर्पोटसँग सम्बन्धित छ । बहुपक्षीय विकास साझेदार मध्ये विश्व बैंक समूहले सबै भन्दा बढी ५३ करोड ३५ लाख अमेरिकी डलर सहायता प्रवाह गरेको छ । त्यस्तै एसियाली विकास बैंकले २९ करोड १७ लाख, युरोपियन युनियनले ११ करोड ७८ लाख, संयुक्त राष्ट्रसंघ समूहले ६ करोड ५६ लाख र कृषि विकासका लागि अन्तराष्ट्रिय कोषले १ करोड ५८ लाख अमेरिकी डलर सहायता गरेको छ ।

बहुपक्षीय विकास साझेदाहरुको सहयोग द्धिपक्षीय साझेदार भन्दा बढी रहेको छ । परिचालित कूल सहयोग मध्ये बहुपक्षिय विकास साझेदारको ६४ प्रतिशत र द्विपक्षीय विकास साझेदारको ३६ प्रतिशत योगदान रहेको छ । द्धिपक्षीय साझेदारमा सबै भन्दा बढी बेलायतको योगदान छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।