logo

बैंकका सीइओलाई डेपुटी गभर्नर शिवाकोटीको चेतावनी : फोर्स मर्जर गर्नुपर्ने अवस्था नआओस्

    1275   पटक पढिएको

७ पुस / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उपयुक्त जोडी खोजेर मर्जरमा जान बैंकरहरुलाई निर्देशन दिएका छन् । अहिलेसम्म राष्ट्र बैंकले मर्जरमा प्रोत्साहन मात्रै गरिरहेको जानकारी दिँदै प्रोत्साहन गर्दा पनि मर्जरमा नगए राष्ट्र बैंक फोर्स मर्जर गराउन बाध्य हुने उनको भनाइ छ ।

‘ग्लोबल आइएमइ र जनता बैंक मर्ज भएर ठूलो भएको तपाईहरुले देखिहाल्नु भयो, यो देखेर तपाईंहरु म पनि प्रतिस्पर्धामा के कम छु भनेर लाग्नुहोस् । प्रतिस्पर्धा गर्ने आँट आओस्, उनीहरु मर्ज भएकोमा डाहाड होस्, अहो हामी त मर्ज नगरेर पछि परेछौं भन्ने आभाष होस् । र, तपाईंहरुलाई मर्जरमा जाने चेत खुलोस् ।’ इम्पेरियल होटेलमा भएको कार्यक्रममा आइतबार शिवाकोटीले भने, ‘मन मिल्दो जोडी खोजेर मर्जरमा गइहाल्नुस् । अटेर गरेर बस्नुभयो भने हामीले फोर्स मर्जर गराउनुपर्ने हुन्छ, त्यस्तो अवस्था नआओस् ।’

आइतबार राष्ट्र बैंकले सबै बैंकका सीइओहरुलाई बोलाएर राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्दे्शिका, देशको समसामयिक अर्थतन्त्रका बारेमा छलफल गरेको थियो । छलफलका क्रममा डेपुटी गभर्नर शिवाकोटीले प्रविधिमा लगानी बढाउन निर्देशन दिएका थिए ।

‘प्रविधिमा लगानी गर्न नहिच्किचाउनुहोस्, प्रविधिमा लगानी गरेर बैंकलाई बलियो बनाउनुहोस्, प्रविधिमा अहिले गरिएको खर्च दीर्घकालका लागि फाइदा हो,’ उनले भने ‘अहिले प्रविधिमा गरिएको खर्च भोलिका दिनमा हुनसक्ने दुर्घटनाले निम्त्याउने खर्चभन्दा धेरै कम हो ।’

त्यसैगरी, शिवाकोटीले सामाजिक सुरक्षा कोषमा राष्ट्र बैंकले सर्कुलर गरिसकेको र सो अनुसार बैंकहरुलाई जान निर्देशन दिए । ‘केही नमिलेका कुराहरु छन् भने संशोधन गर्दै जानुपर्छ,’ उनले भने, ‘अहिलेलाई चाहीँ राष्ट्र बैंकको निर्देशन पालना गर्दै सामाजिक सुरक्ष कोषमा जानुहोस् ।’

गोएमएल सिस्टम लागू गरेको जानकारी दिँदै अनिवार्यरुपमा उक्त सिस्टममा जान उनले निर्देशन दिए । ‘गोएमएल सिस्टममा नजानेलाई आर्थिक जरिवाना हुन्छ र त्यो जरिवाना अलि ठूलै हुन्छ,’ उनले भने ।

यही पुस २३ गतेदेखि सुपरभाइजरी इन्फरमेशन सिस्टम (एसआइएस) लागू हुँदैछ । त्यसमा पनि अनिवार्यरुपमा सहभागी हुन उनको निर्देशन थियो ।

त्यसैगरी, आन्तरिक नियन्त्रण प्रणाली राम्रो बनाउन, अडिटरहरुलाई तालिम दिन, समयमै अडिट गराउन, अडिट रिपोर्ट पेश गर्न, रिपोर्टमाथि सञ्चालक समितिमा छलफल गर्न र अडिटमा देखिएका कैफीयतहरुलाई समयमै सुधार गगर्न निर्देशन दिए ।

‘रिस्क र कम्प्लाइन्समा राष्ट्र बैंकका निर्देशनहरुको हुबहू बालना गर्नुहोस्,’ शिवाकोटीले भने । रिस्क कमिटि गठन गरेर तोकिएको समयमा बैठक गर्न, आइटी अडिट गर्न र इन्फरमेशन सेक्युरिटी स्टार्टेजी बनाएर लागू गर्न पनि उनले निर्देशन दिए ।

कर्मचारीहरुलाई तालिम दिन, वृत्ति विकास गर्न र सञ्चालकहरुलाई पनि तालिम दिन उनले निर्देशन दिए । त्यसैगरी, सीएसआरको पैसा प्रदेशैपिच्छे १० प्रतिशतका दरले खर्च गर्न पनि उनको निर्देशन थियो ।

‘यी सबै काम गर्नका लागि तपाईहरुलाई खर्च लाग्छ, कठिन हुन्छ, त्यसैले मर्जरमा गएर खर्च गर्नसक्ने हैसियत बनाउनुहोस्’ उनको निर्देशन थियो, ‘मर्जरमा जानुभयो भने खर्च कटौति हुन्छ । र, उक्त रकम सिस्टमको विकासका लागि खर्च गर्नुहोस् ।’ सहुलियत कर्जामा बैंकहरुको उदासीनता देखिएको जानकारी गराउँदै । राष्ट्र बैंकले दिएको टार्गेट मिट गर्न पनि उनले निर्देशन दिए ।

राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा वाणिज्य बैंकलाई ५००, विकास बैंकलाई २०० र फाइनान्स कम्पनीलाई १०० ऋणीलाई सहुलियत दरको कर्जा दिन निर्देशन दिइसकेको छ ।

छलफलका क्रममा बैंकरहरुले स्प्रेड दरमा केही हेरिदिनुपर्ने, सामाजिक सुरक्षा कोषमा जबजस्र्ती गर्न नहुने, सीसीडी रेसियोमा लचकता अपनाउनुपर्ने, बजारमा तरलता बढाउन पहल गर्नुपर्ने लगायतका सुझाब दिएका थिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।