logo

डिप्रोक्सको बम्पर बोनस, ३०% बोनस शेयरसहित ४५% लाभांस घोषणा, चुक्ता पुँजी एक अर्ब पुग्ने

    941   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार - डिप्रोक्स लघुवित्त विकास बैंकले तीन वर्षपछि बम्पर बोनस घोषणा गरेको छ। संस्थाले गत वर्षको नाफा र जगेडाबाट ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ। संस्थाको हालको चुक्ता पुँजी ७७ करोड ३४ लाख रूपैयाँ छ।

 यसै पुँजीको ३० प्रतिशतबाट हुन आउने २३ करोड २० लाख रूपैयाँ बोनस शेयर दिएपछि चुक्ता पुँजी एक अर्ब रूपैयाँ कायम हुनेछ। शेयरधनीहरूले कर प्रयोजनसहित ११ करोड ६० लाख रूपैयाँ नगद लाभांस प्राप्त गर्ने छन्। 
चितवनको नारायणगढ मुख्य कार्यालय तथा ६४ जिल्लामा ९७ शाखा रहेको बैंकले अघिल्ला ३र४ वर्षमा बोनस शेयर र हकप्रद शेयर निष्काशन गरेर पुँजी बढाएको थियो। पुँजी बढाएसँगै गएका दुई वर्षमा खासै लाभांस दिन नसकेको संस्थाले यो वर्ष भने राम्रो लाभांस दिन सफल भएको हो। संस्थाले गत वर्ष नबिकेको हकप्रद लिलामबाट आर्जित मुनाफाबाट बोनस शेयर दिन सफल भएको हो।

लाभांस घोषणा गरेसँगै संस्थाको शेयर मूल्य ७९ रूपैयाँले बढेर ८ सय ७३ रूपैयाँमा खरिद(बिक्री भएको छ। मूल्य बढ्ने क्रममा सर्किट लागेको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।