logo

दोश्रो त्रैमासमा वाणिज्य बैंकको राम्रो सुरुवात हुन सकेन, ५ मध्ये ३ बैंकको नाफा घट्यो

    1154   पटक पढिएको

माघ १५ / अर्थ र व्यापार - माघ १५ गते सम्म ५ वटा वाणिज्य बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन्। वित्तीय विवरण प्रकाशन गर्नेमा सिद्धार्थ बैंक, सिटिजन्स बैंक, एनआईसी एसिया बैंक, सानिमा र नेपाल बैंक रहेका छन्।

पाँच वाणिज्य बैंक मध्ये एनआईसी एसिया बैंकले खुद नाफा ३३ दशमलव ४० प्रतिशतले वृद्धि गर्न सफल भएको छ भने सानिमा बैंकले खुद नाफा १६ दशमलव ८४ प्रतिशत वृद्धि  गर्न सफल भएको छ।  एनआईसी एसिया बैंकले २ अर्ब १ करोड खुद मुनाफा गरेको छ भने सानिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा गरेको छ।

सिद्धार्थ बैंक, सिटिजन्स बैंक र नेपाल बैंकको खुद मुनाफा भने घटेको छ। सिद्धार्थ बैंकको खुद मुनाफा ४ दशमलव ०१ प्रतिशतले घट्दै १ अर्ब २ करोड पुगेको छ भने सिटिजन्स बैंकको खुद मुनाफा १० दशमलव ७३ प्रतिशतले घट्दै ६८ करोड ७७ लाख पुगेको छ। त्यस्तै नेपाल बैंकको पनि खुद मुनाफा १८ दशमलव ६० प्रतिशतले घटेको छ। नेपाल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब ३५ करोड खुद मुनाफा गरेको छ।

त्यस्तै एनआईसी एसिया बैंक र सानिमा बैंकको प्रति शेयर आम्दानी क्रमशस् २१ दशमलव २७ र ६ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ भने सिटिजन्स बैंक र सिद्धार्थ बैंकको प्रति शेयर आम्दानी क्रमशस् १३ दशमलव ३३ र १२ दशमलव ८४ प्रतिशतले घटेको छ। नेपाल बैंकको पनि प्रति शेयर आम्दानी पनि १८ दशमलव ६० घटेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।