logo

ग्लोबल आइएमई र रिलायवल डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु

    1447   पटक पढिएको

२६ असार / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउने क्रममा ग्लोबल आईएमई बैंक दोस्रो बनेको छ । यस अघि नेपाल इन्भेष्टमेण्ट बैंकले पहिलो पटक चुक्ता पूँजी आठ अर्ब नघाएकोमा ग्लोबल आईएमईले मर्जर तथा एक्विजिशनबाट आफ्नो पूँजी आठ अर्ब नघाएको हो ।

बैंकले आइतबारबाट रिलायबल डेभलपमेण्ट बैंकलाई आफुमा विलय गरेर एकीकृत कारोबार सुरु गरेको हो । एक कार्यक्रमका बिच अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको एकीकृत वित्तीय कारोबार सुरु गरेका हुन् ।

कार्यक्रममा मन्त्री कार्कीले उत्पादनशिल क्षेत्रमा लगानी बढाएर रोजगारी तथा आय आर्जन बढाउन बैंकहरुलाई आग्रह गरे । सरकार एक्लैले मात्र आर्थिक कृयाकलापलाई तिब्र बनाउन नसक्ने भन्दै उनले सबै स्थानीय तहमा अनिवार्य रुपमा शाखा बिस्तार गर्न वाणिज्य बैंकहरुलाई निर्देशन समेत दिए ।

बैंकले १० वटा मर्जर तथा विलय गरी चुक्ता पूँजी आठ अर्ब आठ करोड रुपैंया पुर्याएको हो । यस क्रममा आईएमई फाइनान्सियल इन्स्टिच्युटबाट वित्तीय सेवा सुरु गरेको बैंकले लर्ड बुद्ध फाइनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेण्ट बैंक, कमर्ज एण्ड ट्रष्ट बैंक, प्यासिफक डेभलपमेण्ट बैंक लगायतका संस्थासँग मर्जर तथा विलय गरेको थियो ।

बैंकले ११२ वटा शाखा, ११४ वटा एटीएम सञ्जाल, पाँच वटा एक्सटेन्सन काउण्टर तथा ४६ वटा शाखारहित बैंकिंङ सेवाबाट वित्तीयि सेवा प्रदान गर्नेछ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।