logo

सिभिल लघुवित्तको सातौं वार्षिक साधारण सभा सम्पन्न, हकप्रद जारी गर्ने प्रस्ताव पारित

    1239   पटक पढिएको

३० पुस /अर्थ र व्यापार - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) को पुस २९ गते सम्पन्न सातौं वार्षिक साधारणले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ३.८९४ प्रतिशत नगद लाभांश तथा बोनस पश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीकोे सभापतित्वसम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४र०७५ को नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशतले बोनस शेयर र ३.८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  यसैगरि बोनस शेयर जारी पश्चात कायम हुने जारी तथा चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजारको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले मर्जर तथा प्राप्ति सम्वन्धी कार्यको लागि सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्नुको साथै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ । सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाको २०७५ साल मंसिर मसान्त सम्म कूल सदस्य संख्या १९ हजार ९ सय, लगानीमा रहिरहेको कर्जा रकम ६७ करोड १४ लाख रुपैयाँ रहेको छ ।

हाल संस्थाले ३५ वटा शाखा कार्यालयहरु मार्फत २३ जिल्लामा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ भने निकट भविष्यमा थप स्थानहरूमा आफ्ना सेवाहरू विस्तार गर्ने लक्ष्य लिएको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।