logo

तीन करोड ७५ लाखको आईपिओ जारी गर्ने सिभिल क्यापिटल मार्केटको निर्णय

    1613   पटक पढिएको

२९ चैत्र /अर्थ र व्यापार  - सिभिल क्यापिटल मार्केटले तीन करोड ७५ लाख रुपैयाँको आईपिओ जारी गर्ने निर्णय गरेको छ । चैत २८ गते बिहीबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय गरेको हो । यससँगै सिभिल क्यापिटल दोस्रो आईपिओ जारी गर्ने मर्चेन्ट बैंक बन्ने भएको छ ।

बिहीबार सम्पन्न विशेष साधारण सभाले कम्पनीले जारी पूँजी २० करोडबाट २५ करोड रुपैयाँमा वृद्धि गरि जारी पूँजीको १५ प्रतिशत साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने प्रस्ताव पारित गरेको सिभिल क्यापिटल मार्केटको कामु सीईओ सुशील महर्जनले बताए ।
साथै विशेष साधारण सभाले हाल क्यापिटलको संस्थापकहरुमा चुक्ता भई कायम रहेको १७ करोड रुपैयाँ चुक्ता पूँजीको २५ प्रतिशतका हकप्रद शेयर जारी गरी २१ करोड २५ लाख पुर्याउने निर्याय गरेको छ ।

जारी पूँजी वृद्धि र हकप्रद निष्काशन पश्चात कम्पनीको जारी पूँजी र चुक्ता पूँजी र वृद्धि हुने भएकाले कम्पनीमा हाल कायम रहेको प्रबन्धपत्रमा रहेकोे साविक व्यवस्थालाई संशोधन गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पारित भएको छ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संसोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संसोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन आएमा सो को पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

यसअघि सिबिआईएल क्यापिटलले साधारण सभाबाट ३ करोड रुपैयाँको साधारण शेयर निष्काशनका गर्ने प्रस्ताव पारित गरि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । सो आईपिओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपाल रेटिङ्ग ४ प्रदान गरेको छ । सिबिआईएलको साधारण शेयर निष्काशनको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।