logo

तीन करोड ७५ लाखको आईपिओ जारी गर्ने सिभिल क्यापिटल मार्केटको निर्णय

    1260   पटक पढिएको

२९ चैत्र /अर्थ र व्यापार  - सिभिल क्यापिटल मार्केटले तीन करोड ७५ लाख रुपैयाँको आईपिओ जारी गर्ने निर्णय गरेको छ । चैत २८ गते बिहीबार सम्पन्न विशेष साधारण सभाले सो निर्णय गरेको हो । यससँगै सिभिल क्यापिटल दोस्रो आईपिओ जारी गर्ने मर्चेन्ट बैंक बन्ने भएको छ ।

बिहीबार सम्पन्न विशेष साधारण सभाले कम्पनीले जारी पूँजी २० करोडबाट २५ करोड रुपैयाँमा वृद्धि गरि जारी पूँजीको १५ प्रतिशत साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्ने प्रस्ताव पारित गरेको सिभिल क्यापिटल मार्केटको कामु सीईओ सुशील महर्जनले बताए ।
साथै विशेष साधारण सभाले हाल क्यापिटलको संस्थापकहरुमा चुक्ता भई कायम रहेको १७ करोड रुपैयाँ चुक्ता पूँजीको २५ प्रतिशतका हकप्रद शेयर जारी गरी २१ करोड २५ लाख पुर्याउने निर्याय गरेको छ ।

जारी पूँजी वृद्धि र हकप्रद निष्काशन पश्चात कम्पनीको जारी पूँजी र चुक्ता पूँजी र वृद्धि हुने भएकाले कम्पनीमा हाल कायम रहेको प्रबन्धपत्रमा रहेकोे साविक व्यवस्थालाई संशोधन गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पारित भएको छ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संसोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संसोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन आएमा सो को पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

यसअघि सिबिआईएल क्यापिटलले साधारण सभाबाट ३ करोड रुपैयाँको साधारण शेयर निष्काशनका गर्ने प्रस्ताव पारित गरि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । सो आईपिओलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपाल रेटिङ्ग ४ प्रदान गरेको छ । सिबिआईएलको साधारण शेयर निष्काशनको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।