logo

सिभिल बैंकद्वारा २ नयाँ शाखा बिस्तार

    1404   पटक पढिएको

२ असार / अर्थ र व्यापार - सिभिल बैंकले वीरेन्द्र नगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा नयाँ शाखा विस्तार गरेको छ । सो शाखाको उद्घाटन् छुट्टाछुट्टै कार्यक्रमहरूकाबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले र लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईंले क्रमशः सुर्खेत शाखा र लम्कीको उद्घाटन गरे । 

सुर्खेत शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका सांसदहरू पदमबहादुर रोकाया र थम्मरबहादुर बिष्ट, वीरेन्द्रनगर उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही सिभिल बैंकका कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की लगायतपत्रकार महासंघका पदाधिकारी, सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । 

उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बैंकको उपस्थितिबिना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याए । यस्तै, लम्की शाखाको उद्घाटनमा प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिकाको मेयर महादेव बजगाईंले सम्पुर्ण जनसमुदाय सिभिल बैंकले प्रदान गर्ने बैंकिङ सेवाबाट लाभान्वित हुने कुरामाआफु विश्वस्त रहेको बताए ।

 


 

 

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।