logo

सिभिल बैंकले दोस्रो त्रैमासमा ब्यापार बढायो, नाफा १५ प्रतिशतले घट्यो

    1334   पटक पढिएको

२८ माघ / अर्थ र व्यापार - सिभिल बैंकले चालु वर्ष शाखा विस्तार र कर्मचारी भर्ना लगायतमा खर्च बढाएका कारण नाफा १४.७५ प्रतिशत घटेको छ। बैंकको चालु वर्षको पुससम्म खुद नाफा ३१ करोड ६२ लाख रुपैयाँ छ।

कात्तिकदेखि पुससम्मको मात्र हिसाब गर्दा नाफा साढे सात प्रतिशतले घटेको छ। अर्थात यसपाली बैंकले पछिल्लो तीन महिनामा १५ करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ।

बैंकले खराब कर्जाको मात्रा घटाउँदै पछिल्लो तीन महिना निक्षेप र ऋण विस्तारमा गति दिएको छ। कात्तिकदेखि पुससम्म निक्षेप ४ अर्ब ८२ करोडले बढेर ४७ अर्ब ७४ करोड पुगेको छ। यो सर्वसाधारणसँग उठाएको निक्षेप हो। ऋण पनि ३ अर्ब ५७ करोडले बढाएर ४७ अर्ब ७६ करोड रुपैयाँ र्पुयाएको छ। 
पछिल्लो ६ महिनामा निक्षेप ५ अर्ब ७४ करोडले बढ्दा ऋण ५ अर्ब ६ करोड रुपैयाँले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ८.६३ प्रतिशतले वृद्धि भएको छ। 

बैंकको खराब ऋण अनुपात ३.५४ प्रतिशतबाट २.६९ प्रतिशतमा झरेको छ। स्प्रेड ३.३२ बाट ४.९ प्रतिशतमा उक्लिएको छ भने आधार दर ११.३१ बाट १०.९८ प्रतिशतमा झरेको छ। 

तुलनात्मक रूपमा नाफा घट्ने भएपछि बैंकले सोमबार पत्रकारहरुसँग अनौपचारिक कुराकानी गरेको थियो। त्यहाँ किन नाफा घट्यो भनेर डेपुटी प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले प्रष्ट्याएका थिए। उनले एटिएम, शाखा र कर्मचारी भर्नाले खर्च बढेकाले नाफा घटेको जानकारी दिएका थिए।

केन्द्रीय कार्यालयमा भएको भेटघाटमा प्रमुख कार्यकारी अधिकृत भने ’ब्यस्तता’ को कारण देखाउँदै उपस्थित भएनन्। पछिल्लो समय प्रमुख कार्यकारी गोविन्द गुरुङले बैंकबाट राजीनामा गरिसकेको चर्चा छ। यद्यपि उनले यस बारेमा पुष्टी गरेका छैनन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।