logo

सिभिल बैंकको डेपुटी सिईओमा सुनिल पोखरेल नियुक्त

    1611   पटक पढिएको

११ बैशाख /अर्थ र व्यापार - सिभिल बैंकको डेपुटी सिइओमा सुनिल पोखरेल नियुक्त भएका छन् । सिभिल बैंकको सञ्चालक समितिले रिक्त रहेको डपुटी सिइओको पदमा पोखरेललाई नियुक्त गर्ने निर्णयका साथै अफर लेटर पनि उपलब्ध गराएको छ ।
म्यानमारको एशिया ग्रीन डेभलपमेण्ट बैंकमा रिटेल बैंकिङ्ग प्रमुखको रुपमा कार्यरत पोखरेलले सिभिल बैंकमा डेपुटी सिइओको रुपमा जेठ एक गतेदेखि सेवा सुरु गर्ने बताए ।

बिराटनरका स्थायी पोखरेलले नेपाल तथा म्यानमारका बैंकमा गरी २८ वर्षको अनुभव हासिल गरिसकेका छन् । यस क्रममा सन् १९९१ म स्टाण्डर्ड चार्टर्ड बैंकमा सिनियर एसिस्टेण्टका रुपमा सेवा सुरु गरेका उनले १९ वर्ष सोही बैंकमा बिताएका थिए । चार्टर्डबाट बाहिरिने समयमा पोखरेल ट्रान्जिक्सन शाखामा सिनियर विजनेश डेभलपमेण्ट म्यानेजर थिए ।

त्यस पछि एनआईसि एशिया बैंकमा रिटेल बैंकिङ्ग हेडसँगै चिफ म्यानेजर भएर साढे ५ वर्ष काम गरेका थिए । नबिल बैंकमा एसिस्टेण्ट जनरल म्यानेजर तथा रिटेल बैंकिङ्ग प्रमुखको रुपमा पोखरेलले एक वर्षसम्म काम गरिसकेका छन् । सो पश्चात उनी म्यानमारको एशिया ग्रीन डेभलपमेण्ट बैंकमा विगत अढाई वर्षदेखि रिटेल बैंकिङ्ग हेडका रुपमा कार्यरत छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।