logo

सिभिल बैंकको डेपुटी सिईओमा सुनिल पोखरेल नियुक्त

    1316   पटक पढिएको

११ बैशाख /अर्थ र व्यापार - सिभिल बैंकको डेपुटी सिइओमा सुनिल पोखरेल नियुक्त भएका छन् । सिभिल बैंकको सञ्चालक समितिले रिक्त रहेको डपुटी सिइओको पदमा पोखरेललाई नियुक्त गर्ने निर्णयका साथै अफर लेटर पनि उपलब्ध गराएको छ ।
म्यानमारको एशिया ग्रीन डेभलपमेण्ट बैंकमा रिटेल बैंकिङ्ग प्रमुखको रुपमा कार्यरत पोखरेलले सिभिल बैंकमा डेपुटी सिइओको रुपमा जेठ एक गतेदेखि सेवा सुरु गर्ने बताए ।

बिराटनरका स्थायी पोखरेलले नेपाल तथा म्यानमारका बैंकमा गरी २८ वर्षको अनुभव हासिल गरिसकेका छन् । यस क्रममा सन् १९९१ म स्टाण्डर्ड चार्टर्ड बैंकमा सिनियर एसिस्टेण्टका रुपमा सेवा सुरु गरेका उनले १९ वर्ष सोही बैंकमा बिताएका थिए । चार्टर्डबाट बाहिरिने समयमा पोखरेल ट्रान्जिक्सन शाखामा सिनियर विजनेश डेभलपमेण्ट म्यानेजर थिए ।

त्यस पछि एनआईसि एशिया बैंकमा रिटेल बैंकिङ्ग हेडसँगै चिफ म्यानेजर भएर साढे ५ वर्ष काम गरेका थिए । नबिल बैंकमा एसिस्टेण्ट जनरल म्यानेजर तथा रिटेल बैंकिङ्ग प्रमुखको रुपमा पोखरेलले एक वर्षसम्म काम गरिसकेका छन् । सो पश्चात उनी म्यानमारको एशिया ग्रीन डेभलपमेण्ट बैंकमा विगत अढाई वर्षदेखि रिटेल बैंकिङ्ग हेडका रुपमा कार्यरत छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।