logo

सिभिल बैंकद्वारा दुई आर्थिक वर्षको एकैपटक साधारण सभा आह्वान

    1019   पटक पढिएको

३ बैशाख /अर्थ र व्यापार - सिभिल बैंकद्वारा दुई आर्थिक वर्षको साधारण सभा बैशाख २७ गते एकैदिन अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे आह्वान गरिएको छ । बैंकले आर्थिक वर्ष २०७३र७४ र ०७४र७५ को एकैपटक सभा आह्वान गरेको हो ।

सिभिल बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि बैशाख १० गते मंगलबारदेखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ । यसअनुसार बैशाख ९ गते सोमबारसम्म कायम रहने बैंकका शेयरधनीले मात्रै सधारण सभामा सहभागिता जनाउन पाउनुका साथै बैंकको लाभांश पाउनेछन् । बैंकको शेयरमूल्य बैशाख २ गते सोमबार प्रतिकित्ता १६३ रुपैयाँ रहेको छ ।

सातौं र आठौं साधारण सभाले क्रमश आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट १०.२५ प्रतिशत बोनस तथा ०७४र७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश गरि कूल १४.३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसअनुसार बैंकले २०७३र७४ को मुनाफाबाट ७४ करोड ४० लाख ७९ हजार ३१२ रुपैयाँ बराबरको बोनस र ३ करोड ९१ लाख ६२ हजार ६९ रुपैयाँ नगद लाभांश तथा  २०७४र७५ को मुनाफाबाट २९ करोड ४० लाख २ हजार ६९ रुपैयाँ नगद गरि ३३ करोड ३१ लाख ६४ हजार १३८ रुपैयाँ नगद लाभांश वितरणका लागि अनुमोदन हुनेछ ।

यस्तै सभामा संस्थापक र साधारण शेयरधनीको तर्फबाट ३र३ जना गरि ६ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका मुख्य एजेण्डा रहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।