logo

सिटी एक्सप्रेस फाइनान्सको नाफामा उच्च गिरावट

    924   पटक पढिएको

४ बैशाख /अर्थ र व्यापार - सिटी एक्सप्रेस फाइनान्सले गत वर्ष यसै अवधिमा खराब कर्जा असुलीबाट ३ करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यो बर्ष ९४ लाख ९५ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा फाइनान्सको नाफा ७० प्रतिशतले घटेको हो । फाइनान्सको खराब कर्जामा भने चमत्कारीक सुधार भएको छ । गत आवको चैतमा शतप्रतिशत खराब कर्जा रहेको फानान्सको ९.५८ प्रतिशतमा सुधार आएको हो ।

फाइनान्सले यस अवधिसम्ममा १० करोड ६५ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ करोड ९२ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ९६ लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ । कमाइले कर्मचारी र अन्य सञ्चालन खर्च धान्न नसक्दा २ करोड ५१ लाख ६२ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ । कम्पनीको खुद ब्याज आम्दानीमा थोरै सुधार आएपनि खर्च धान्न नसक्दा सञ्चालन नोक्सानीमा पुगेको हो ।

चुक्ता पूँजी ४० करोड २१ लाख ४२ हजार रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष १८ करोड ७१ लाख ६७ हजार ऋणात्मक छ । वित्तीय विवरण अनुसार फाइनान्सको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा रहेको सिटी एक्सप्रेसको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ २१ पैसा छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।