logo

सिटिजन्स बैंकद्वारा १३ औं वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम संचालन

    1259   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - १३ औं वर्षमा प्रवेश गरेको अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न शाखामा रक्तदान कार्यक्रम संचालन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेश राज पोखरेलसहित ५६६ जना रक्तदाताहरूले रक्तदान गरेको बैंकले जनाएको छ ।

१३ औं वर्षको सुखद अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीको ‘रक्तदान जिवनदान’ को नारालाई सार्थक बनाउँदै विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बैंकले केन्द्रीय कार्यालयका साथै भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगञ्ज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर र बिर्तामोडसहित १९ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय नारायणहिटी पथमा ४६, भक्तपुर शाखामा ४३, भैसेपाटी शाखामा ४१, कुपण्डोल शाखामा ७ र उपत्यका बाहिरका बिराटनगर शाखामा २१, दमक शाखामा २७, धरान शाखामा २८, जनकपुर शाखामा २५, बिरगंज शाखामा ३९, बनेपा शाखामा १७, हेटौडा शाखामा ३५, नारायणघाट शाखामा ४१, पोखराको सिमलचौर शाखामा ३०, बुटवल शाखामा २६, घोराही शाखामा १८, नेपालगंज शाखामा ४५, सुर्खेत शाखामा १७, महेन्द्रनगर शाखामा १९ र विर्तामोड शाखामा ४१ सहित ५६६ जना रक्तदाताहरुले रक्तदान गरेको बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमास सम्ममा आईपुग्दा ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ । यास अवधिमा १ अर्ब ४९ करोड १४ लाख सञ्चालन मुनाफा आर्जन गरी १ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमशः ४.Þ०२ र ५.९१ प्रतिशतले वृद्धि भएको छ । बैंकले ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाइहरुबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।