logo

चिनियाँ ह्याकरले पैसा झिकेपछि प्रभु बैंकले नेप्ससँगको सहकार्य तोड्यो, युनियन पे कार्ड जारी 

    1337   पटक पढिएको

 २३ मंसिर / अर्थ र व्यापार - प्रभु बैंक लिमिटेडले ’युनियन पे’ कार्ड सञ्चालनमा ल्याउने भएको छ। बैंकले माघ १ बाट नयाँ कार्ड चल्ने भएकाले पुराना सबै साटिसक्न ग्राहकहरुलाई आग्रह गरेको छ।

चिनियाँ ह्याकरले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रणाली कब्जामा लिएर पैसा झिकेपछि प्रभु बैंकले नेप्सलाई छाडेर युनियन पे कार्ड सञ्चालन गरिरहेको स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) सँग सहकार्य थालेको हो।

’अहिले हामीले नयाँ कार्ड जारी गरिरहेका छौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ’हामीसँग करिव करिव अढाइ लाख पुराना कार्ड छन्। अब सबैलाई युनियन पे कार्डले रिप्लेस गर्ने छौं।’
प्रभुले भिजा नेटवर्कसँगको सहकार्य भने कायम राख्ने छ। युनियन पे नेपालजस्तै गरी भारतमा पनि सजिलै चल्छ। यसबाहेकका मूलुकमा सञ्चालन गर्न युनियन पेको डलर कार्ड बोक्नु पर्छ।

नेप्समा १८ वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन्। प्रभुले नेप्ससँगको सहकार्य तोडेसँगै अन्य केही बैंकले पनि तोड्ने भएका छन्। नेप्सले अहिलेसम्म पनि गल्ति कोबाट कसरी भयो भन्ने जानकारी दिन सकेको छैन। साथै नेप्सबाट चोरी भएको तथ्याङ्कहरु प्रयोग गरेर अर्को नक्कली कार्ड बन्ने खतरा पनि उत्तिकै छ। त्यही भएर आत्तिएको प्रभु बैंकले नेप्सबाट चुहिएको सुचनाका कारण थप क्षति नहोस् भनेर युनियन पे कार्ड जारी गरेको हो।

’नेप्सबाट के कति तथ्याङ्क चोरी भएको छ भन्ने अझै पनि छैन’ बैंक स्रोतले भन्यो, ’त्यो तथ्याङ्कका कारण अरु कार्ड पनि क्लोनिङ हुन सक्छ। त्यसैले जोखि उठाउनु भन्दा नयाँ प्रणालीमा जाँदा नै सुरक्षित महशुस गरेका छौं।’

युनियन पे र भिसा नेटवर्क प्रतिस्पर्धि हुन्। यद्यपी भिसाको भन्दा युनियन पेको सेवा शुल्क कम पर्छ। सेवा शुल्क ग्राहकले तिर्नु नपरे पनि सेवा प्रदायकले तिर्नु पर्छ।  नेप्सका अनुसार, के कति क्षति भएको र कसरी प्रणाली जोखिममा पर्यो भनेर अनुसन्धानका लगि जिम्मा दिइएको सिङ्गापुरको फरेन्सिक टिमले अहिलेसम्म पनि प्रतिवेदन दिएको छैन। जबकी उनीहरुले एक महिनाअघि नै प्रतिवेदन दिइसक्नु पर्ने थियो।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।