logo

छिमेक लघुवित्तको नाफामा ७९.५२ प्रतिशतले बृद्धि

    1219   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार - छिमेक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद नाफा २८ करोड ४८ लाख रुपैयाँ अर्थात ७९.५२ प्रतिशतले धेरै हो ।

गत वर्ष चैत मसान्तमा लघुवित्तले ३५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको नाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको लघुवित्तको खुद नाफा बढेसँगै प्रतिशेयर आम्दानीमा ३७ रुपैयाँ ९८ पैसा बढेको छ । गत चैत मसान्तमा ४७ रुपैयाँ ७६ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ८५ रुपैयाँ ७४ पैसा पुगेको हो ।

लघुवित्तको खुद ब्याज आम्दानी ३५ प्रतिशत भन्दा धेरैले वृद्धि भई एक अर्ब २३ करोड २७ लाख आर्जन गर्दा कम्पनीले ९७ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । एक अर्ब रुपैयाँ चुत्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष पूँजी भन्दा मजबुत छ । उसको जगेडा कोष १०७ प्रतिशत बढेर एक अर्ब ८१ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तले निक्षेप संकलन र कर्जा परिचालनलाई उल्लेख्य रुपमा बढाएको छ। चैत्र मसान्तसम्ममा १३ अर्ब ९० करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले चार अर्ब ४५ करोड ९६ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर १९ अर्ब १५ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत वर्षको चैत मसान्तको तुलनामा लघुवित्तले दुई अर्ब ९६ करोड १० लाख रुपैयाँले निक्षेप संकलन र तीन अर्ब दुई करोड ६४ लाख रुपैयाँ कर्जा परिचालनमा बढाएको हो । लघुवित्तको प्रतिशेयर नेटवर्थ २८१ रुपैयाँ १४ पैसा, निष्कृय कर्जा अनुपातमा ०.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १०.५३ गुणा छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।