logo

चौतारी लघुवित्तद्वारा आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५ लाख खुद नाफा आर्जन

    1287   पटक पढिएको

४ माघ /अर्थ र व्यापार - चौतारी लघुवित्त (CHLBS) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५ लाख खुद नाफा आर्जन गरेको छ । गत मंसिरमा ६ लाख कित्ता आईपिओ निष्काशन गरेको लघुवित्तले गत आवको यसै अवधिको तुलनामा २१० प्रतिशतले खुद नाफा बढोत्तरी गरेको हो । गत आवको ६ महिना अवधिमा लघुवित्त कम्पनीले ३३ लाख ९२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरको थियो । 

निक्षेप संकलन र कर्जा विस्तारलाई उल्लेख्य विस्तार गरेको लघुवित्तको खुद ब्याज आम्दानी वृद्धि भएसँगै खुद नाफामा बढोत्तरी देखिएको हो । गत वर्षको यसै अवधिमा २ करोड १७ लाख खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आवको दोस्रो त्रैमाससम्मा ३ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको छ ।

यस अवधिमा १४ करोड ७ लाखको निक्षेप ३३ करोड २४ लाखमा र ४९ करोड ८६ लाखको कर्जा लगानी एक अर्ब आठ करोड ८० लाखमा विस्तार गर्न लघुवित्त सफल भएको छ । लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ५७ करोड ९० लाख सापटी लिएको छ ।
आईपिओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६० लाख पुगेको छ भने जगेडा कोषमा दोब्बरले वृद्धि भई २ करोड ५४ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.०२ प्रतिशत बाट ०.६८ प्रतिशतमा झरेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात २१.०४ गुणा बढी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।