logo

चार्टर्डका सिइओको हातमा वार्षिक ३ करोड ९० लाख तलब, विदेशी साझेदारले लगे सवा अर्ब लाभांस

    1589   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार -  स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिकमा वार्षिक ३ करोड ९० लाख ८२ हजार रूपैयाँ भुक्तानी गरेको छ। यो करपछिको रकम हो।

गत आर्थिक वर्ष जोसेफ सिल्भानुस् आठ महिना प्रमुख कार्यकारी थिए भने बाँकी चार महिना अनिर्भान घोष दोस्तिदार थिए। दोस्तिदार अहिले पनि प्रमुख कार्यकारी अधिकृत छन्। चार महिना काम गरे वापत दोस्तिदारले करबाहेक ६९ लाख २० हजार ४ सय २१ रूपैयाँ पारिश्रमिक पाएका छन्। यो तलव, भत्ता र बोनसवापत हो। बाँकी रकम सिल्भानुसले लगेका हुन्।

करवापत दुवै जनाले कुल १ करोड ५२ लाख १० हजार २९४ रूपैयाँ सरकारलाई बुझाएका छन्। चार्टर्डको प्रमुख कार्यकारी सञ्चालक समिति सदस्य पनि हुन्छन्। राष्ट्र बैंकले चार्टर्ड र नेपाल एसबिआइ बैंकलाई यो छुट दिएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृतले तलव सुविधाबाहेक आवास, चालकसहित सवारीसाधन र इन्धन, सुरक्षा गार्ड, विदा भ्रमण भत्ता, बच्चाको पढाइ खर्च, क्लब प्रवेश खर्च, क्लब खर्च र युटिलिटी खर्च पनि दिन्छ।

बैंकका मूल्य व्यवस्थापकीय अधिकृतहरूले गत वर्ष तीन करोड १६ लाख रुपैयाँ तलब भत्ता र अन्य सुविधा पाएका छन्। यससँगै २ करोड ४५ लाख रूपैयाँ बोनस, १ करोड १२ लाख रूपैयाँ कार्य सम्पादन बोनस, ४३ लाख रूपैयाँ सवारीसाधन सुविधा र २३ लाख ८२ हजार रूपैयाँ दशैं खर्च बुझेका छन्। उच्च व्यवस्थापन तहमा १२ जना व्यवस्थापक छन्। यो सबै सुविधा उनीहरूले बुझेका हुन्।

बैंकको वार्षिक साधारणसभामा प्रस्तुत गरिएको वार्षिक प्रतिवेधन अनुसार २२.५० प्रतिशत नगद लाभांस पारित भएको छ। गत वर्ष बैंकले २ अर्ब ४३ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। बैंकमा ७०.२१ प्रतिशत संस्थापक र २९.७९ प्रतिशत सर्वसाधारणको शेयर छ। कुल शेयरमध्ये ४६.८१ प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड ग्रिण्डलेज पिटिवाइ लिमिटेडको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक (युके) को २३.४ प्रतिशत शेयर छ। शंकरलाल अग्रवालको ०.६९ प्रतिशत, शशी अग्रवाल, प्रियंका अग्रवाल, कोमल अग्रवाल र अभिनास अग्रवालको जनही ०.७० प्रतिशत शेयर छ।

बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रूपैयाँ छ। विदेशी शेयरधनीले कुल १ अर्ब ३० करोड रूपैयाँ लाभांसवापत पाएका छन्। 

   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।