logo

सेञ्चुरी कमर्सियल बैंकको शेयर लिलामी  भोलि पुस १८ गते देखि खुल्ला हुने

    1154   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार - सेञ्चुरी कमर्सियल बैंकको १८ लाख ७० हजार २७४ कित्ता शेयर लिलामी  भोलि पुस १८ गते देखि खुल्ला हुनेछ । बैंकको लिलामी शेयरमा पुस २५ गते सम्ममा बोककलोल गर्न सकिने जनाइएको छ । सेञ्चुरी बैंक (CCBL) ले बुधबारदेखि १८ लाख ७० हजार २७४ कित्ता शेयर लिलामी ल्याउने भएको छ । बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूह तर्फको ४ लाख ९ हजार १७५ कित्ता शेयर लिलामी ल्याउने भएको हो ।

इच्छुक लगानीकर्ताले बोलकबोल मार्फत लिलामी शेयरमा (संस्थापक र साधारण) न्यूनतम १०० कित्ता देखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ । लिलामी शेयरमा पुस २५ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

बोलपत्र आवेदन बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमाडौं तथा सेञ्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखाबाट पेश गर्न सकिनेछ । बैंकको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा मंगलबार प्रतिकित्ता १७२ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ । चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।